काठमाडौँ :- युवा सामाजिक अभियन्ता रुपमा परिचित ज्ञानेन्द्र शाहीले आफ्नो शुभचिन्तक र विरोधिलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो तितो भोगाई र बास्तविकताबारे फेसबुक मार्फत् एक स्टाटस लेख्दै सन्देश दिएका छन् ।
आफुले कुनै गल्ती नगरेको तर गल्ती गरेकाहरुले गल्ती स्वीकार गर्दा पनि केही पत्रकारहले भिडियोलाई तोडमोड गरेर गल्ती नदेख्ने केही पत्रकारहरुले गर्दा आफुले बाराम्बार स्पष्टिकरण दिनु पर्ने बताएका छन् ।
कोभिडको महामारिमा आफु र आफ्ना सहकर्मीहरु ज्यानको कुनै प्रवाह नै नगरि निः शुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं गरिब जनताको ज्यान बचाउदाँ आफुले बिन गल्ती आक्रमणकारीहरुको शिकार हुनु परेको बताएका छन् ।
त्यसैले होला यो देशमा भिमशेन थापा, मदन भण्डारी, राजा विरेन्द्र जस्ता देश भक्त शपुतहरुको ज्यान गएको । सायद यहि भएर होला केही गर्न सक्ने क्षमतावान् दक्ष जनशक्ति युवाहरु दिनदिनै विदेश पलायन भएका । दोषीलाई कारबाही गर्न नसक्ने प्रहरी मित्रहरु आउ मलाई कि गोली हानेर मारिदेउ कि जेल हाल मलाई बाच्ने मन छैन ।
शाही माथि बारम्बार भएको आक्रमणले उनलाई केही निरास बनाएको र सत्यको पर्र्दाफास गर्न पनि झुटको साहारा लिनु पर्न अवस्था आएको उनले फेसबुकमा लेखेका छन् ।