गुल्मी, २७ जेष्ठ ।
केही वर्ष यतादेखि विज्ञान प्रविधिको क्षेत्रमा नाम कमाउँदै आएका लम्साल दाजुभाइ मध्ये एकको कपिल लम्सालले लकडाउन यता देखि समाज सेवामा लागिरहेका छन् । दुखि पीडितहरूको आवाजमा बोलेर अभियान चलाइ दुःखमा परेका केही व्यक्तिहरूलाई सहयोग गरेका छन् भने केही व्यक्तिहरूको अभियान अहिले समेत अभियान चलाइ सबैलाई यी दुखि पिडित व्यक्तिहरुले आफु सक्दो सहयोग गर्न अपिल समेत गरेका छन् ।
विभिन्न अभियान संचालन गर्ने क्रममा गुल्मी जिल्ला मालिका गाउपालिका ८ मर्भुङ धरमपानि निवासि वर्ष ६८ घनश्याम अर्याल बुवाकाे घरमा हामी अाफै उपस्थित भएर सहयोग गरेका छन । “विगत 24 वर्ष देखि म बिस्ताराकाे बिस्तारैमा छु, खाना र दिशा बिस्तारैमा गर्छु।”उहाँ भन्नुहुन्छ बुवा घनश्याम अर्यालले भन्नुहुन्छ “उपचार गर्न नगएकाे हाेईन,उपचार ज्यादै मँहगाे भएकाे र घरकाे आर्थिक स्थिति कमजाेर भएकाेले बिस्ताराकाे बिस्तारैमा बस्नु परेकाे छ आफू सक्दो सहयोग गर्न अपिल गरेका छन ।
त्यसैगरी अर्का पिडित व्यक्ति भाने कुमाल । उहाँको प्रत्यक्ष रुपमा भेट्दा निकै दर्दनाक अवस्था छ । उहाँको यो अवस्था हेरेर मनै थाम्न सकिदैन । उहाँको न त आफ्नो श्रीमती, न त परिवार, न त बस्ने बास! न त कपडा केही छैन । कसैको सहारा नपाएका भाने कुमाल बुबा अहिले ७८ वर्षको हुनुभयो। ७८ बर्षिय बृद्ध बुबा भोकभोकै सहयोगका लागि अपिफ गर्नुहुन्छ ।
गुल्मी मालिका गाउँपालिका की जालपी सुनार । उहाको पनि आफ्नो श्रीमानफ घरपरिवार केही छैन । ७५ बर्षिय आमा घरछिमेकमा अरुको ज्यालामजदुरी काम गर्न पनि सक्दैन भन्दै आफ्नो पीडा पोख्नुहुन्छ ।
यी त उदाहरण मात्र हुन । यी र यस्ता पीडादायक व्यक्ति हरु अभियानकर्ता कपिल लम्सालको मार्फतबाट केही सहयोग गरिसकेका छन भने अभियान जारी रहेको बताएका छन । ।यस्ता दीन दुखि तथा पिडामा परेका व्यक्तिहरुलाई मलम लगाउन विज्ञान प्रविधि क्षेत्रबाट छुट्टै नाम कमाउन सफल भएका कपिल लम्सालले दीन:दुखि सहयोग अभियान चलाएका छन। उनले यसअघि इरिका रोबर्ट निर्माण तथा अटोमेटिक ह्यान्ड स्यानिटाईजर मेसिन निर्माण जस्ता थुप्रै काम गरेर चर्चा कमाएका छन ।
अभियानमा सहयोग गर्न अभियानकर्ता लम्सालले मनकारी व्यक्तिहरुलाई जोडिन अपिल गरेका छन । अभियानमा जोडिन इसेवा आईडि ९८६३२९४६६४ मा जम्मा गरिदिन अपिल गर्दै सहयोग गर्ने मनकारी व्यक्तित्वहरुको एक रुपैयाँ पनि तलमाथि नगरी स्थानीयकाे समन्वय बुबाको आमाको हातमा पुर्याउने प्रतिबद्धता जनाएका छन ।