अर्घाखाँची जेठ २७ -अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना भएको छ । जिप दुर्घट्ना हुँदा उक्त जिपका चालक भुमिकास्थान नगरपालीका ९ का अन्दाजी २९ बर्षिय रामबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको छ। हिजो राती डेभाबाट ढिकुरा तर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान नगरपालीका वार्ड न.९ मा दुर्घटनामा परेको हो ।
गाडीमा चालक मात्र रहेको र गाडी तिब्र गतिमा भएको हुनाले घुम्ती मोडमा कन्ट्रोल हुन नसकेको कारणले गाडी खसेको वडा न ९ का सचिब तुलसीराम पोख्रेलले बताउनु भयो । गाडी सडकबाट करिब २०/३० मिटर तल खसेको जानकारी गराउनु भयो ।