लडिरहेथे!
एक फरक युद्ध
हराएको आफुलाइ खोज्न वा
भनौ भेट्टिएको त्यो आफुलाइ हराउन,
बुझ्न सक्दिन के भनौ
जितिरहेछु कि हारिरहेछु?
आफैसङ्ग जित्दा के जिते भन्नु?
आफैसङ्ग हार्दा कोल्लाइ हराए भन्नु?
लडिरहेथे
एक युद्ध
न केही जित्नु थियो
न कोहि जित्नु थियो?
मनैमनमा हराइरहेथे दर्जनौ शत्रुलाइ,
सपनामा सधै म नै अग्रपन्तीमा हुने गर्दथे,
जसो तसो लडिरहेथे
एक युद्ध!
अरुलाइ जित्न हैन
आफैबाट आफैलाइ जित्न
आफैबाट हराएको आफुलाइ खोज्न,
हारेको त्यो म’लाई युद्धभुमिमा उभ्याउन ,
बसिरहेथे
थापेर एक घाइते मनभित्र खेपेका
दर्जनौ प्रहारहरु
र यी मनका बादल आँखामा आइ बस्दासम्म पनि
यो मरुभुमी बनेको युद्धभुमी कहिल्यै भिज्न सकेन
र मैले निरन्तर युद्ध लडिरहदासम्म पनि
आफैसङ्ग कहिल्यै जित्न सकिन,
अरे यार!
अब यो मनोयुद्ध कहिले सकिने रहेछ,
कहिले लाग्छ यो शरिर अस्तित्वहिन हुदा त यो युद्ध
जित्न सकुला
नभन्दै आफैलाइ मेटाउने साहस गर्न पुग्छु,
मनोयुद्धमा न’हार्न न’जित्न सकेर
अस्तित्व गुमाएर हराएको वा हारेको एक योद्धा
बन्न पुग्छु,
अब त भनिदेउ यो युद्ध कहिले सकिने रहेछ।
बिनोद भुसाल
छत्रदेब ०४ अर्घाखाँची