जेठ २४ प्युठान
प्युठान उधाेग बाणिज्य संघका निबर्तमान अध्यक्ष ज्ञामुराम न्याैपाने स्थानिय प्रयटन प्रबर्द्धन गर्न लकडाउनमा नाङ्गि लेक पुगेर फर्केपछि ।उहाकाे अनुभव ,,
“प्यूठान जिल्लाको उत्तरी भेगमा अवस्थित गौमुखी गाउँपालिका अनुपम प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षणको केन्द्रको रुपमा रहेकाे छ। त्यहाँका गौमुखी, झाकृढुङ्गा, बाइसमुल झरना, नाङ्गी , दुइबहिनी, पुजा तामाखानि,अर्खा जस्ता पर्यटकीय स्थलमा पुगेर प्रकृति सौन्दर्यमा रम्न र त्यसको अविस्मरणीय अनुभूति संगै घुम्न सकिन्छ।
यस्तै आकर्षण मध्य गौमुखी गाउँपालिकाकाे सर्वोच्च स्थान नाङ्गी पनि हो। नाङ्गी दुइ वटा छन। डेढ घण्टाको पैदल दुरीमा ठूली नाङ्गी र सानी नाङ्गी पर्दछन । ठुली नङ्गिको उचाई ३२७८मीटर रहेको छ। दुवै नाङ्गी प्रकृतीक सुन्दरताले सिंगारिएका छन। त्यहाँको विशिष्टता अनुपम छ बाटोमा जाने क्रममा देखिने घना र मनमोहक जङ्गल ,उत्तर तर्फ वारपार देखिने हिमश्रृंखला र दक्षिण तर्फकाे मनोरम पहाडी दृष्यहरु अद्भुत लाग्छ। नाङ्गी राता ,पहेँला
र बैजनी रंगका फूलहरू फुलेर पुरा चौर सिंगरियकाे छ। त्यहाँ पुग्दा लाग्छ ती रंगीन र स्वागतमा पर्खिएका जस्तो लाग्ने फूलहरूमाथि कसरी हिड्नु। खाली देख्न र स्पर्समात्र गर्न मन लाग्छ ।
प्रकृतिले हामिलाई अनुपम सुन्दरता दियको छ। त्यहाँ पुग्दा लाग्छ जीवनको परीभाषा नै अलग रहेछ।त्यसको सदुपयोग र सही व्यवस्थापकीय क्षमता हामीले देखाउन सक्नु पर्छ। त्यहाँ वर्षै पिच्छे हजारौं पर्यटकहरू पुराएर हामिहरुले खुसी बाँड्न सक्छौं। त्यहा नजिक सम्म पुग्ने पहुँच मार्ग, राम्रो पैदल बाटो, खाने पानी, पर्यटकिय गाइड, ओत लाग्ने ठाउँ,आराम बिसौनीहरुका संरचना निर्माण गर्न संबधित सराेकार बालाले चासाे दिने हाे भने लाखाै प्रयटककाे केन्द्र बिन्दु बन्नेछ।
हाललाई हामी प्यूठानको दोस्रो पर्यटकीय स्थल गौमुखीबाट ठीन्के सल्ला, रातो र सेतो गुराँस, खर्सु, संगै रमाउदै चार घण्टा लामो घना जङ्गल पार गरेर सानी नाङ्गी पुग्न सकिन्छ। अर्को बाटो रजबारको पतीहल्ना सम्म मोटर पुग्छ त्यहाबाट साढेतीन घन्टाको पैदल दूरी पार गरेर ठुली नाङ्गी पुग्न सकिन्छ। ठुली नाङ्गीमा आवासीय भवन, सौचालय, आरम कुर्सी र पद मार्ग समेत बनेको छ।