रुपन्देही – शुध्दाेधन गाउँ पालिका २ गोपालपुर स्थित युनाइटेड स्काई क्लबको तेस्रो वर्ष पुरा भै चौथो वर्षमा प्रवेश गरेको अवसरमा खडवा बनगाइ स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष सरोज खनालको अध्यक्ष्ातामा र शुध्दाेधन २ का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख्यातामा सो स्वास्थ्य सामाग्री खडवा बनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोख्रेललाई हस्तान्तरण गरिएको थियो।उक्त कार्यक्रममा वडा अध्यक्ष विष्णुप्रसाद बस्नेतले यश युनाइटेड स्काई क्लबले यस्तो महत्त्वपूर्ण कार्य गरेकोमा धन्यवाद दिदै क्लबका सबै सदस्यहरूलाई शुभकामना दिनुभएकाे थियो ।