नाम, परिचय जनाउने अर्थपूर्ण अथवा भावपूर्ण अक्षर संरचना । यसमा पनि के नियम र बन्देज , साधारणतया एक व्यक्तिले जीवन एक नाममा बिताउने गर्दछ। कुनै नाम विशिष्ट तथा अलंकारिक हुन्छन् ।कुनै अमर रहन्छन् त कुनै एक कालखण्डमा सीमित , नामका विषयमा वहस गर्नु कत्तिको सान्दर्भिक हुन्छ वा हुदैन यो दृष्टिकोणकाे विषय हाेला।
अाधुनिकता पछिकाे उत्तर अाधुनिकताकाे क्रममा नामाकरणमा विविधता सिर्जना भएको छ।नामकाे प्रकृति एक भाैगाेलिक सिमाना भित्र पनि विविधता हुन्छ । जाती ,भाषा ,धर्म तथा सामाजिक संरचना अनुसारको नामाकरण रहेको देख्न सकिन्छ या भनाै समाजकाे प्रतिबिम्ब झल्काउने प्रकृतिको हुन्छ । हाम्रो हिन्दु समाजमा देवी देवताका नाम तथा धर्म ग्रन्थमा उल्लेख भएका नामका अाधारमा नामाकरण गर्ने परम्परा रहेको छ र यो अन्य धार्मिक समुदायमा पनि देख्न सकिन्छ । कुनै नाम यसरी विशिष्ट हुन्छन् कि ती नाम पुनः अरुका लागि नामाकरण गर्न दुईपटक साेंच्न बाध्य हुनुपर्छ किनभने ती नामका गरिमा तथा विशिष्टताप्रतिकाे न्याय पनि गर्नुपर्दछ ।
हाम्रो समाजमा केही नाम निकै प्रख्यात छन । ती नामहरु विभिन्न पाठ्यपुस्तकमा उदाहरणका लागि बार बार प्रयोगमा गरिन्छ । राम , हरि, सीता, गीता यी नामका व्यक्तिहरू हरेक गाउँ टोलमा रहेका हुन्छन् । कुनै गाउँ टाेलमा एकै नाम रहेका व्यक्तिहरू दुई भन्दा बढी पनि हुन्छन् र साझा नामका साथ उमेर, भाैतिक स्वरूप र व्यक्तित्व अाधारमा छुट्टै परिचय प्राप्त गर्दछन ।जस्तै ठुलाेघरे राम, नेता राम तथा तल्लाघरे राम । यी सझा नामका कारण सिर्जना भएका विशेषणात्मक नामहरु हुन। याे केही समय अघिको समाजकाे नामाकरणकाे विशेषता हो ।
बढ्दाे पश्चिमीकरण तथा संचारकाे भूमण्डलीकरणको प्रभावस्वरुप नामाकरण प्रक्रियामा परिवर्तन अाएकाे छ। नाममा पृथकता र अस्पष्टताकाे समेत सिर्जना हुनथालेको छ। नाममा अलंकार थप्ने तथा अायातित नामकाे तिव्र प्रयोगका कारण हाम्रा माैलिक नामहरु अाेझेलमा त पर्ने हाेइनन् ? लाेकप्रिय नामहरु राम, सीता, गीता, हरि, विष्णु ,लक्ष्मी जस्ता नामहरु रामायण तथा अन्य धार्मिक ग्रन्थमा मात्र सीमित हुने त हाेइनन् ? नरहलान भन्न सकिदैन किनकि नयाँ पुस्तामा यी नामप्रतिकाे माेह हाराउदै गएको छ। सायद नाम अनुसारको परिचय हामी दिनसकेका छैनौं र हाेला याे माेह घटेको ।
चाहे जतिसुकै परिवर्तन हाेस नाम जतिसुकै जटिल र नाैला हुन, ती निश्चयनै तिनै व्यञ्जन र स्वर वर्ण भित्रबाट नै हाेलान्। फरक यति हाे कि नयाँ पुस्तालाई हाम्रा नाम पक्कै हाँस्य लाग्नेछ ।
-विष्णु भण्डारी