भुजौली रुपन्देही,
शुध्दाेधन गाउँ पालिका कार्यालयबाट बढुवा सरुवा भै अन्तै जाने अन्तै बाट सरुवा भै आउने लाई स्वागत तथा बिदाइ कार्यक्रम बिहीबार गाउँ पालिकाकाे सभाहलमा सम्पन्न भएको छ।सो पालिकाका पुर्व कार्यालय प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी बढुवा सरुवा भैइ बेलौरी नगर पालिका कञ्चनपुर जाने र शुध्दाेधन गापा १ र २ का वडा सचिव पुर्णप्रसाद अर्याल मालपोत कार्यालय भैरहवामा बढुवा सरुवा भै जानेलाई गापाले बिदाई गरेको र कपिलवस्तु नगर पालिका कार्यालय बाट शुध्दाेधन ५मा वडा सचिव तुल्सा अर्याल र पाणिनी गाउँ पालिका अर्घाखाँची बाट सरुवा भई शुध्दाेधन २ काे वडा सचिवमा सरुवा भै आउनुभएको लाई शुध्दाेधन गापाले स्वागत गरेको छ।गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्ष्ातामा गाउँ पालिकाकाे उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख्यातामा भएको बिदाई कार्यक्रममा शुध्दाेधन कार्यालय प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीकाे विशिष्ट अतिथिमा सो कार्यक्रम भएको हो।सो कार्यक्रममा शुध्दाेधन कार्यालय प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीले बोल्दै हामी गाउँ पालिकामा अध्यनरत कर्मचारी हरु ले आ-आफ्नो जिम्मेवारी ईमानदारी शीत र सेवाग्राहीलाई मुस्कान सहिद काम गरि यश गापालाई नमुना गाउँ पालिका बनाउन यश गापाका कर्मचारी जनप्रतिनिधि हरुले सहयोग गर्नुहुने अपेक्षा राख्दै गापाका सबै कर्मचारी जनप्रतिनिधि नङ र मासुको नाता राखेयो भने नमुना गापा हुने बताए।शुध्दाेधन ६ का वडा अध्यक्ष जयशंकर पाठकले कार्यालय प्रमुख पन्तको प्रशासकीय अधिकृतहरुकाे सरुवा भै आउदा पहिलो सोध्ने गर्छन् कि त्यो गाउँ पालिकामा कुन कुन पार्टीका जनप्रतिनिधि हरु छन्।यो शुध्दाेधन गाउँ पालिकामा सबै दलका प्रतिनिधि एक भएको पाठकले बताउदै शुध्दाेधन गाउँ पालिका रुपन्देही जिल्लाको पहिलो स्थान रहेको दाबीसमेत गरे।शुध्दाेधन गापा अध्यक्ष किसुनचन्द चौधरीले शुध्दाेधन भनेको नामअनुसारकाे गाउँ पालिका बनाउन पालिकाका सबै कर्मचारी जनप्रतिनिधि लगायतको महत्त्वपूर्ण सहयोगीको अपेक्षा राख्दै।अबका दिनहरूमा सबै कर्मचारी स्थानीय र जनप्रतिनिधि हरुमा नङ र मासुको नाता जोडेर गयौं भने शुध्दाेधन गाउँ पालिका एउटा नमुना शुध्द गाउँ पालिका बन्ने बताए।उक्त कार्यक्रममा
शुगापा शिक्षा शाखा प्रमुख तथा सुचना अधिकृत चन्द्रकान्त शर्माको स्वागतमा प्रशासन शाखाका प्रमुख रुद्रमणी गिरिकाे संचालनमा साे कार्यक्रम सम्पन्न भएको थियोे।