तिलोत्तमा , जेष्ठ १६ । छिमेकि मुलुक भारतमा कोरोना भाइरसको दोस्रो चरणको महामारी निकै भयावह बन्दै गए पछि त्यस्को प्रत्यक्ष असर नेपालमा पनि देखिने सम्भावनालाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिकाले आफ्नो वडा नम्बर ९ केवलानी मा रहेको सभाहाल तथा अतिथि गृहमा प्रविधि युक्त सेन्टर फ्लो अक्सिजन सिष्टम जडान गरी तिलोत्तमामा थप कोरोना अस्थायी अस्पताल तयार भएको थियो।
सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्। कोरोना भाइरस विरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन्।
स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र आनुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने उनीहरू बताउँछन्।
कोरोनाको संक्रमणसँग लड्न शरिरमा रोग प्रतिरोधात्मक शक्ति आश्यक पर्छ भने मानसिक वा मनोवैज्ञानिक रुपमा मनोवल (आत्मबल वा आत्मशक्ति) उच्च हुनुपर्छ । शरीरिक रुपमा स्वस्थ हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित खानपिन, व्यायाम, पर्याप्त आराम र निन्द्रा जस्ता कुरा आवश्यक रहेको कोरोना अस्थायी अस्पतालमा चिकित्सक सेवा प्रदान गर्दै आउनु भएका डा. बिनोद बढाईले जानकारी दिनु भयो।
संक्रमितको उपचारका लागि हाल अस्थायी अस्पतालमा २ जना नर्स , २ जना स्वास्थ्य सहायक र १ जना डाक्टर रहेका छन् । संक्रमितको मनोबल बढे मात्र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने कुरा लाई औलाउदै नियमित रुपमा नृत्य र योग संगै पारिवारिक वातावरण प्रदान गर्दै आएको उपचारमा संग्लन नर्स मुना ज्ञवालीले जानकारी दिनु भयो।
हाल सम्म उक्त अस्पतालबाट ४० जना संक्रमित मध्ये २९ जना संक्रमित निको भई सकेको र अरु निको हुने क्रममा रहेको तिलोत्तमा आइसोलेशन वार्ड नं९का इन्चार्ज खगराज पोख्रेलले बुटवल दैनिकलाई बताउनु भयो ।
अस्पताल सुरु भए संगै व्यवस्थापनमा आर्थिक र भौतिक हिसाबले सहयोग गर्नु हुने सम्पूर्ण प्रति आभार रहेको अस्पताल व्यवस्थापन समिति सदस्य एवम् स्वास्थ्यकर्मी गणेश भण्डारीले सुनाउनु भयो ।
संक्रमितको उत्साह बढाउन नृत्य गर्दै नर्स गरिमा लामिछाने र मुना ज्ञवाली