काठमाडौं – चर्चित अभिनेत्री मनिषा कोइरालाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ४ वटा भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।
नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्रकिशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा. उदयनारायण सिंहलाई हस्तान्तरण गरे ।
कोइरालाले सहयोग गरेको स्वास्थ्य सामग्रीमा १००/१०० वटा फेससिल्ड र पीपीई तथा ३ वटा फूल फेस मास्क रहेका छन् । कोरोना महामारीको दोस्रो लहरमा वीरगञ्ज तथा मध्यतराईका जिल्लाहरू बढी प्रभावित भएका र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले सहयोग गरेकी छन् ।
अस्पताल विकास समितिका अध्यक्ष लाभले नारायणी अस्पतालको अभावलाई थाहा पाएर सहयोग गरेकोप्रति कृतज्ञता व्यक्त गरेका छन् ।