पाल्पा-नेपाल एक कृषि प्रदान देश हाे । नेपालका करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा अाबद्व रहेका छन । नेपालका मुख्य अन्न बालीहरूमा धान,मकै गहु काेदाे पर्ने गर्दछन । त्यसै मध्ये धान पनि एक मुख्य बाली हाे । देशमा लकडाउन छ , यतिबेला बन्दा बन्दीकाे कारण गर्दा मानिसहरूले बाझाे रहेका खेतबारी खनजाेत गरि कृषि कर्ममा गर्न प्रेरित भइरहेका छन । यति बेला बर्षायाम शुरू हुन लागेको छ । बर्षायाम शुरू हुन लागे सँगै कृषकहरूले खेत राेप्नका लागि खेतमा बिउ राख्ने चटाराे चलिरहेको छ । भने अर्काे तर्फ काेराेनाकाे कहरले गर्दा कृषकहरूले भनेको समयमा बीउ नपाउने झन्झट पनि रहेको बेला जिल्लाकाे रिब्दिकाेट गाउँपालिकाले भने अावश्यक सुरक्षा सावधानी अपनाई ५० प्रतिशत अनुदानमा धानकाे बीउ वितरण कार्य सञ्चालन गरेको छ ।
गाउँपालिकाले पालिकाका सबै वडाहरूमा कृषककाे मागकाे अाधारमा धानकाे बीउ वितरण गरेको हाे ।
गाउँपालिकाले पालिकाका सबै वडाहरूमा करिब ६ लाख ४० हजार बजेटबाट कृषक समुहकाे मागकाे अाधारमा करिब ४ सय २० जना कृषकहरूलाई टाेलटाेलमा पुगी ५० प्रतिशत अनुदानमा धानकाे बीउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख रन्जिब कुवरकाे भनाइ छ ।
धानकाे बीउ वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि सीले रिब्दिकाेट गाउँपालिकाले विगतका बर्षहरूमा पनि पालिकाका कृषकहरूका मागका अाधारमा विभिन्न अनुदानका कार्यक्रमहरू सञ्चालन गरेको बताउदै याे बर्ष पनि कृषकहरूकाे मागकाे अाधारमा पालिकाका सबै वडाहरूमा धानकाे बीउ वितरण गरिएको बताउनु भयाे । पछिल्लो समयमा नेपाल लगाएत रिब्दिकाेट गाउँपालिकामा पनि काेराेना भाइरस काेविड १९ काे बन्दाबन्दी रहेकाे कारण कृषकहरूलाई धानकाे बीउ अभावका नहाेस भनी गाउँपालिकाले अनुदानमा बीउ प्रदान गरेको बताउनु भयाे । साथै पछिल्लो समयमा काेविडकाे कारण सहरका मानिसहरू बन्दा बन्दीकाे गाउँ गाउँमा फर्किएको र कृषि प्रती अाकर्षित भइ रहेको बेला कृषकहरूलाई कृषि पेशा प्रती उत्साहित बनाउनकाे साथै धानकाे उत्पादनमा वृद्धि गराउने उधेश्य पालिका सबै वडाका टाेलटाेलमा पुगी धानकाे बीउ वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष जिसीकाे भनाइ रहेको छ ।
त्यस्तै पालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले रिब्दिकाेट गाउँपालिकाले पालिका भित्रका कृषक समुहहरूलाई विभिन्न कृषि उत्पादन मुलक कार्यमा अाबद्व गराइ कृषकहरूलाई व्यवसायी बनाउने याेजनाका साथ अगाडि बढेको बताउनु भयाे । साेही अनुसार गाउँपालिका अनुदानका कार्यक्रम,कृषि तालिम ,कृषि यन्त्र तथा उपकरण वितरण गरेको बताउदै अहिले कृषककाे मागकाे अाधारमा धानकाे बीउ वितरण गरेको बताउनु भयाे । साथै कृषकहरूले मिहेनत साथ धान उत्पादन गरि अात्म निर्भर हुन अार्गह गर्नु भयाे ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्यालले रिब्दिकाेट गाउँपालिकाका अधिकाश नागरिकहरू कृषि पेशामा अाबद्व रहेको बताउदै कृषकहरूले माग अाधारमा पालिकाले ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको बताउनु भयाे । बिशेष गरि काेविडकाे माहामारी भइरहेको बेला कृषकहरू बीउ किन्न जादा जाेखिम हुने र बिउकाे पनि अभाव हुने हुदा गाउँपालिकाले कृषकहरूलाई टाेलटाेलमा पुगी अनुदानमा धान बीउ वितरण गरेको बताउनु भयाे ।
रिब्दिकाेट गाउँपालिकाले समय समयमा कृषि तालिम प्रदान,कृषिमा अाधुनिकिकरण गर्नका लागि कृषि यन्त्र उपकरण,अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । नेपाल कृषि प्रदान देश हुदा हुँदै पनि कृषिमा अाधुनिकिकरण नहुदा कृषिबाट साेचे जस्तो प्रतिफल पाउन सकिएकाे छैन । देश सघिय संरचनामा गए सँगै स्थानीय सरकारले कृषिमा अाधुनिकरण गरि उत्पादनमा वृद्वि गरि कृषकहरूलाई व्यवसायीक बनाउन अगाडि बढेका छन । यसै सँगै रिब्दिकाेट गाउँपालिका पनि कृषकहरूलाई व्यवसायीक बनाउन अगाडि बढेको छ । माहामारिकाे बाबजुद गाउँपालिकाले टाेलटाेलमा अाई बीउ बितरण गर्दा अाफुहरूलाई स्थानीय सरकारकाे अनुभुती भएको कृषिकहरूकाे भनाइ छ ।