नवलपरासी -जेठ ११
पश्चिम नवलपरासीमा जेठ १५ गते सम्म थपिएको निषेधाज्ञा कार्यान्वयन फितलो बन्दै गएको गुनासो बढेको छ । केहीदिन कडाई गरिएपनि अहिले सिमावर्ती क्षेत्रसहित जिल्लाका मुख्य बजार तथा ग्रामिण भेगमा निषेधाज्ञाको कार्यान्वयन प्रभावकारी नहुँदा संक्रमणमा कमि आउन नसकेको गुनासो बढेको छ ।
साथै पिसिआर परिक्षणको रिपोर्ट ढिलो आउनु र मानिसहरु हिडडुँल गर्दा सजिलै संक्रमण फैलिएको बताईएको छ । जिल्ला सुरक्षा समितिको बैठकमा पनि यस विषयमा छलफल भएको छ । जिल्लाको सुस्तामा केही दिन अगाडी भएको गोलीकाण्ड त्यसपछि उत्पन्न परिस्थीति र समग्र सुरक्षा अवस्थाका विषयमा बैठकमा छलफल भएको छ ।
निषेधाज्ञा केही उल्लङ्घन भएको पाईएको प्रशासनलाई पनि महसुस भएको बताउँदै नयाँ निर्देशन बमोजिम कडाई गरिने प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । यस्तै सुरक्षा समिति बैठकमा बदलिँदो राजनैतिक परिदृश्यका कारण उत्पन्न परिस्थीतिका बारेमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।