जेष्ठ ११ – मोहन के सी ,
बाग्लुंग,जिल्लाको बरेंग गाउँपालिका वडा न ४ सल्यान गाउँमा मास्क ,सेनिटाईजर र साबुन वितरण गरिएको छ । कोभिड १९ ले गाउँमा परेको स्वास्थ्य सामग्रीको आभावलाई न्यूनीकरण गर्न श्री सल्यान सुखौरा माध्यमिक विद्यालयका भुत पुर्व विद्यार्थीहरुको आर्थिक संकलनमा एक सय बक्स मास्क,तिन सय तिस थान सेनिटाईजर र छ सय पचास थान लाईफ ब्वाए साबुन सल्यानका ३१५ घर धुरीमा वितरण गरिएको मास्क ,सेनिटाईजर र साबुन वितरणका संयोजक किसान खत्रीले जानकारी दिनु भयो ।
हाल सम्म श्री सल्यान सुखौरा माध्यमिक विद्यालयका भुत पुर्व विद्यार्थीहरुले सहयोग गरेको रकम करिब एक लाख त्रिसठ्ठी हजार जम्मा भएको र जस मध्य पन्चानाव्बे हजार पांच सय पचास रुपैया बराबरको सामग्रीहरु वितरण गरिएको र बाँकी रहेको रकमले सल्यानमा रहेको स्वास्थ्य चौकीमा छिट्टैनै अक्सिजन ग्यास र ओक्सिमिटर समेत हस्तान्तरण गर्ने कुरा कार्यक्रमका सह संयोजक गंग ब. खत्री ले बताउनु भयो ।
सल्यानमा जन्मेर सल्यानमै पढेका भुत पुर्व विद्यार्थीहरुले यस पटक मात्रै होइन पटक पटक गाउँको सेवामा आर्थिक एवम भौतिक सहयोग गरेकाले सल्यान बासीहरुको आफ्नो गाउँ /ठाउँ प्रतिको माया र सद्भाव कति रहेछ भन्ने कुरा पनि यस्तै कार्यहरुले देखाएको छ ।
मास्क ,सेनिटाईजर र साबुन वितरणमा सल्यानका अध्यक्ष लिल बहादुर खत्री ,वार्ड सदस्यहरु अमृत गौतम ,राजकुमारी खत्री ,गंगा देवी बि क एवं बरेंग गाउँपालिका सदस्य देव बहादुर सुनारको लगायत अन्य नागरिकको उपस्थिति रहेको थियो। यो अभियानले सल्यानका युवाहरुलाई बिपतमा भावनात्मक रुपमा जोड्न र आफ्नो जन्म ठाँउ प्रती उत्तरदायी बनाउन सफल भएको छ। यस अभियानमा जोडिएर आर्थिक एवं भौतिक रुपमा सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यबाद दिदै ,आफु कोभिड १९ कै कारणले उपस्थित हुन नसकेको भन्दै हरेक बिपत्ति र अप्ठ्यारोमा वडा संगै हातेमालो गर्ने उदेश्य समेत राखेको यसै अभियानका अभियान्ता मोहन के सीले बताए ।
यो अभियानमा जोडिएर सहयोग गर्न चाहने माहानुभावहरुले प्रभु बैंकको किसान बहादुर खत्री नाममा रहेको अकाउन्ट नम्बर १३८०११५४७८६०००१२ मा रकम जम्मा गर्न सकिने अभियानका सह संयोजक गंग बहादुर खत्रीले जानकारी दिनु भयो ।