सुधिर ठाकुर,
बुटवल जेष्ठ ६।एक तर्फ कोभिड-१९ को महामारी चरम अवस्था देशवाशि ,व्यवसायीले खेप्दै गर्दा बुटवलमा रहेको सिंह कम्प्लेक्स सप्पिङ्ग मार्टमा गए राती आगलागी भएको छ ।
राती लगभग १:३० बजे लागेको आगो उपमहानगरपालिकाको दमकल आएर करिब डेढ घण्टामा निभाएको थियो।कम्प्लेक्सको चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यु तथा तेस्रो तल्लामा समेत आगोले भौतिक क्षति पुर्याएको छ।
कम्प्लेक्सका संचालक महेशमान सिंहका अनुसार विद्युत सर्ट भएर आगलागी भएको र आगलागीबाट कुल साढे ३ करोड बराबरको क्षति भएको छ।साथै आगलागीबाट सबैभन्दा ठुलो क्षति लाबी फुडकोर्डमा भएको उनले बताए। आगलागीबाट ४ टनको ४ वटा र २ टनका ७ वटा गरि ११ वटा एसी पुर्ण रुपमा क्षति भएको छ ।आगलागीबाट तेस्रो तल्लामा रहेको समृद्धि सैलुन ९निलडेभिड हेयर सैलुन को समेत क्षति भएको छ ।
यसैगरि रेष्टुरेन्टमा रहेको फ्रिज, टिभि, ब्रान्डेड पेय पदार्थ, सजावटका फर्निचर, सोफा लगायत सबै ध्वस्त भएको कम्प्लेक्स संचालक सिंहले बताए । लाबि फुडकोर्ड अन्तरगत दुई वटा आकर्षक रेष्टुरेन्ट रहेका थिए ।
यो संगै रहेको भ्यु सिनेमाको बक्स अफिस र काउन्टरमा समेत क्षति भएको छ। समयमा नै आगो नियन्त्रणमा लिन सफल हुदा थप क्षति हुन नपाएको उनले बताए ।
प्रशासनबाट निशेधाज्ञा जारी भएसंगै कम्प्लेक्स बन्द रहेको थियो ।