नवलपरासी,
नवलपरासीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रवार रामग्राम नगरपालिका वडा नं. ६ की ५४ वर्षीया महिलाको भिम अस्पतालमा मृत्यु भएको हो । साथै वडा नं.७ का ४७ वर्षीया महिलाको युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको छ ।
यसैगरी सुनवल नगरपालिका वडा नं. ५ की ७५ वर्षीया महिलाको सुनवल स्थित आईसोलेसनमा मृत्यु भएको हो साथै वडा नं. ३ का ८७ बर्षिय पुरुषको होमआईसोलेशनमामा मत्यु भएको हो ।
त्यस्तै प्रतापपुर गाउँपालिका वडा नं. ६ का ५२ बर्षिय पुरुष र पाल्हिनन्दन गाउँपालिका वडा नं. २ का २५ बर्षिय पुरुषको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।
त्यसैगरी पीसीआर परीक्षणबाट ५८ र एन्टिजिनबाट १९जना गरी ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा ६ जना सुनवल नगरपालिकामा २६ जना, बर्दघाट नगरपालिकामा २३ जना, सरावल गाउँपालिकामा ३ जना, प्रतापपुर गाउँपालिकामा ६ जना सुस्ता गाउँपालिकामा ११ जना र पाल्हिनन्दन गाउँपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १३ सय ९५ रहेको छ भने १८ सय २ जना कोरोना संक्रमित निको भएका छन् ।