फर्साटिकर रुपन्देही,
रुपन्देहीको शुद्धोधन गाउँपालीकाले सञ्चालन गरेको मोतिपुर अस्थायी कोरोना अस्पतालको लागि पुर्व कृषिमन्त्री तथा प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले १ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनुभएको छ।
कोभिड आइसोलेसन सेन्टरमा आपतकालीन अवस्थामा प्रयोगमा ल्याउनको लागि उक्त उपकरण उपलब्ध गराइएको हो ।
सांसद भुसालको प्रतिनिधिको रुपमा किरण नेपालले १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरण कार्यक्रममा शुद्धोधन गाउँपालीकाका प्रवक्ता ,वडा नम्बर ४ का वडा अध्यक्ष एंव अस्पताल अध्यक्ष राजेन्द्र कडेल , अस्थायी कोभिड अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थीती रहेको थियो ।