गुल्मी, ०५ जेष्ठ ।
गुल्मीको मदाने गाउँपालिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३६ पुगेको छ । बुधबारको तथ्यांकअनुसार कोरोना भाइरस पोजेटिभ हुजेको संख्या ३६ पुगेको हो । कोरोना जितेर निको हुनेको संख्या १२ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ रहेको मदाने गाउँपालिकाले जनाएको छ ।
पालिकाका विभिन्न वडाहरुमा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणबाट कोरोना पोजेटिभ हुनेको संख्या ३६ पुगेको हो । मदाने गाउँपालिकाको वडा १ अग्लुङ्गमा संक्रमित हुनेको संख्या १५ पुगेको छ जसमा ५ जना निको भएका छन भने सक्रिय संक्रमित हुनेको संख्या १० छ ।
वडा न २ बाझकटेरीमा संक्रमित हुनेको संख्या ५ पुगेको छ जसमा २ जना निको भएका छन भने सक्रिय संक्रमित हुनेको संख्या ३ छ । वडा न ३ सिर्सेनीमा संक्रमित हुनेको संख्या ४ पुगेको छ जसमा १ जना निको भएका छन भने सक्रिय संक्रमित हुनेको संख्या ३ छ । वडा न ४ म्यालपोखरीमा र वडा ५ मलागिरीमा सक्रिय संक्रमित हुनेको संख्या क्रमश १/१ पुगेको छ ।
वडा न ६ पुर्कोट दहमा संक्रमित हुनेको संख्या ५ पुगेको छ जसमा १ जना निको भएका छन भने सक्रिय संक्रमित हुनेको संख्या ४ छ । वडा न ७ भनभनेमा संक्रमित हुनेको संख्या ५ पुगेको छ जसमा ३ जना निको भएका छन भने सक्रिय संक्रमित हुनेको संख्या २ पुगेको छ ।
यो सँगै मदाने गाउँपालिकाका विभिन्न वडाहरु संक्रमितको संख्या ३६ पुगेको हो । जसमध्ये ८ जना गाउँपालिका भन्दा बाहिरबाट आएका संक्रमित हुन ।
मदाने गाउँपालिकाले अहिले सम्म ५५ जनाको एन्टिजेन परिक्षण गरेको छ । २१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन भने ३ जना म्यालपोखरी स्थित मदाने कोभिड अस्पताल मा भर्ना भएका छन ।
मदाने गाउँपालिका भित्र अहिलेसम्म प्रवेश गर्नको संख्या ६५९ जना रहेका छन जस अन्तर्गत भारतबाट आउनेको संख्या ६८ जना रहेका छन भने अन्य स्थानबाट आउनेको संख्या ५९१ रहेका छन ।
मदाने गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि थुप्रै काम कारबाही गरेको छ । १० बेडको आइसोलेसन सहितको कोभिड कोरोना अस्पताल निर्माण देखि लिएर कोरोना संक्रमणबाट बच्न सल्लाह सुझावका लागि स्वास्थ्यकर्मी खटाएको छ । लकडाउनका कारण बजारमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गर्ने व्यापारी तथा पसललाई कारबाही गर्दै आएको छ । मदाने गाउँपालिकामा कोरोना एन्टिजेन परिक्षण भने अझै न्यून रहेको जनगुनासो रहेको पाइन्छ ।