शुध्दाेधन गाउँ पालिका, बुटवल उप-नगर पालिका र सियारी गाउँ पालिकाका विभिन्न स्वास्थ्य चौकहरुमा स्वास्थ्य सामाग्री तथा अौषधिहरु वितरण गरिएको छ।काेराेना भाइरस काेभिड-१९ काे कारणले उत्पन्न कठिन परिस्थितिमा गरिब तथा अतिविपन्न घरपरिवारहरुलाई सहयोगीको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व रक्षामन्त्री माननीय बालकृष्ण खाणकाे सहयोगमा रुपन्देही निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका स्वास्थ्य चौकीहरुलाई पिपिई सेट, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री तथा औषधिहरु वितरण गरिएको थियो। खडवा बनगाइ स्वास्थ्य चौकी शुध्दाेधन २ रुपन्देही सेमलार स्वास्थ्य चौकी बुटवल उप-माहानगर पालिका १४ रुपन्देही मोतीपुर स्वास्थ्य चौकी बुटवल उप-माहानगर पालिका १७ रुपन्देही मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्र ४ फर्साटिकर रुपन्देही मानमटेरिया स्वास्थ्य चौकी शुध्दाेधन ७ शिसवा रुपन्देही हर्नैया स्वास्थ्य चौकी सियारी३ रुपन्देही मानपकडी स्वास्थ्य चौकी शुध्दाेधन ५ मानपकडी रुपन्देही पश्चिम अमुवा स्वास्थ्य चौकी सियारी ७ रुपन्देही स्थित रहेका स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख तथा स्वास्थ्यकर्मीहरु लाई वितरण गरिएको हो।उक्त कार्यक्रममा नेपाली कंग्रेस महासमितिका सदस्य विष्णुप्रसाद बस्यालकाे संयोजकत्वमा भएको वितरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य शिवराम न्यौपाने र विश्व बहादुर बानियाँ प्रदेश क्षेत्र न:३का सभापति कृष्णबहादुर विष्ट प्रदेश क्षेत्र न:३का सचिव उमाकान्त चापागाईं नेपाली कांग्रेस शुध्दाेधनका उपसभापति दामोदर पौडेल समाजसेवी चण्डीप्रसाद बस्याल लगायत स्थानीय पत्रकार हरुकाे उपस्थितिमा भएको कार्यक्रममा विभिन्न स्वास्थ्य चौकीका पदअधिकारी बुटवल उप-माहानगर पालिका १७का वडा अध्यक्ष हिमबहादुर खत्री शुध्दाेधन ४ का वडा अध्यक्ष तथा गाउँ पालिका प्रवक्ता राजेन्द्र कडेल र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हरुले यस्तो माहामारीकाे अवस्थामा मा पनि हरेक स्वास्थ्य चौकीमा पुगेर योगदान गर्नुभएको मा धेरै धेरै शुभकामना सहिद अगामी दिनहरूमा यस्तै शुभ कार्य पुर्व रक्षामन्त्री मन्त्री बालकृष्ण खाँडज्यु गर्नुहुने सबैले अपेक्षा राखेका छन्।