कपिलवस्तु , जेठ ४
कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम कृष्णनगर, विजयनगर र महाराजगंज नगरपालिका लगायत अन्य सिमा क्षेत्रबाट भारतीय कुखुराको व्यापक तस्करी भैरहेको छ ।
एका तिर जिल्लामा निषेधाज्ञा छ भने तस्करका लागी भने खुल्ला जस्तो देखिन्छ । भारतबाट सस्तो मूल्यमा किनेर ल्याइएका कुखुरा हरू तस्करी गरी नेपालका विभिन्न ठांउमा पुर्याउने गरेको पाइन्छ ।
एक तिर COVID-19 ले देशको अधिकांश भागमा निषेधाज्ञा ले जनता हरूलाई विभिन्न समस्याको सामना गरिरहेका छन् भने अर्को तिर तस्कर हरू सिमा क्षेत्रमा मालामाल भैरहेको अवस्था छ ।
यस संबन्धी सिमा निगरानी तथा अन्य सरोकार वाला निकाएले ध्यान न दिएको कुरा स्पष्ट देख्न सकिन्छ ।
आम जनतालाई सास्ती तस्करलाई मस्ती भने जस्तै सिमा क्षेत्रबाट पछिल्लो समयमा तस्करी दिनानुदिन बढी रहेको स्थानीय जनता बताउछन् ।