फर्साटिकर, रुपन्देही
जेठ ३ गते
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ४,फर्साटिकरमा रहेको मोतिपुर कोरोना अस्थायी अस्पतालका
लागी लुम्विनी म्याक्स केबुलका संचालक टुमनाथ कंडेलले अक्सिजन तथा अन्य स्वास्थ्य सामाग्री ब्यवस्थापनका लागी २४ हजार रकम सहयोग गर्नुभएको छ।सोमबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सञ्चालक कंडेलले अस्पतालका अध्यक्ष एंव वडा न .४ का वडा अध्यक्ष राजेन्द्र कडेल र डा.कृष्ण खराललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी केवलका सञ्चालक कंडेलले कोरोना भाइरसको दोस्रो भेरियन्टले देशभर अक्सिजन अभावमा ज्यान गुमारहेका बेलामा आफ्नो सानो सहयोगबाट कसैको ज्यान जोगाउनका लागि सहयोग प्रदान गर्न पाउदा खुशी लागेको बताउनुभयो ।
यस्तै अस्पताल एंव वडा अध्यक्ष राजेन्द्र कंडेलले आपतकालीन परिस्थितीमा अक्सिजन सिलिन्डर खरिदका लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
यस्तै उहाले सहयोगको उच्च मुल्याङकन गरिने बताउदै सम्मान समेत व्यक्त गर्नुभएको छ।
अस्पतालमा अहिले अक्सिजनको अभाव हुन नदिन नियमित रुपमा अक्सिजन ब्यवस्थापनमा लुम्बिनी अक्सिजन उद्योगका रमेश र सिद्धान्त खनालले समन्वय गरिरहेका छन।
कार्यक्रम अस्पताल एंव वडा ४ अध्यक्ष कंडेलको अध्यक्षता तथा शंकर माविका प्रधानाध्यापक टंक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।