बिषय :- पाटि निर्माण सम्बन्धमा !
अध्यक्ष कमरेड प्रचण्ड सलाम , अभिबादन एवम नमस्कार !
नेपालको राजनितिमा देखिएका बिभिन्न खेलहरुले माओबादि सकिने अबस्थामा पुगेको देखिन्छ । तपाइ जनयुद्धको सुप्रिम कमाण्डर र माओबादिको अध्यक्ष हुदै एनेकपा माओबादिको अध्यक्ष हुनुहुन्छ । तपाइले तत्कालिन समय मा रहेको नेकपा माओबादि पुनर्गठन र एनेकपा माओबादि बिघटन गरेर बृहत माओबादि शक्तिहरु एकिकृत र केन्द्रिकृत गर्ने आट गर्नुस । यो नै माओबादि जिबित राख्ने संजिवनिबुटि हुनसक्छ नत्र नेपालको हतिहासमा माओबादि थियो रे भन्ने उखान मात्र हुन सक्छ । मेरो लागि तपाइ नेपालि राजनितिमा भएको एक मात्र आइडल हो । तपाइको ब्यक्तित्व र वाक कला साच्चै अनुपम छ । तपाइले ने क पा माओबादिलाइ नेपालि राजनितिमा अगाडि बढाउन केहि महत्वपुर्ण काम गर्नु पर्ने म देख्दछु ।
१. एनेकपा माओबादि बिघटन
२. नेकपा माओबादि पुनर्गठन
३. नेपालि हावा पानि र माटो सुहाउदो राजनैतिक गनतब्य
४. राजनैतिक कार्यक्रम र रणनिति
५. नेता तथा कार्यकर्तालाइ अनुसासनमा राख्न नियम तथा नियमावलि
६. चुस्त , दुरूस्त र तन्दुरूस्त पाटि कमिटिहरूको निर्माण
७. सरकारको नेतृत्व गर्नका लागि बिकासको खाका र लागत पुर्वानुमान
८ . भ्रष्टचारमा संलग्न ब्यक्तिलाइ पाटिबाट निस्कासन गर्ने
९. नेता / कार्यकर्ताको संरक्षण , उचित मुल्याङकन गर्ने
१०. सबै कमिटिमा सहिद परिवार र पुर्ब लडाकुलाइ निश्चित % छुट्याएर कमिटि निर्माण गर्ने
तपाइ एक पटक आट गर्नुहोस , अठोट र प्रतिज्ञा गर्नुहोस नेपालमा फेरि पनि माओबादिलाइ उठाउछु भनेर लाग्नुहोस । तपाइ भन्दा अर्को दोस्रो ब्यक्ति मैलै देखेको छैन जस्ले माओवादिको पुनर्गठन गर्न सक्छ । आगामि दिन सम्भाबना भन्दा बढि चुनौतिपुर्ण म देख्छु । तपाइ कुसल राजनेता भएको हुनाले सफल हुनुहुन्छ भन्ने मलाइ आशा र बिस्वाश छ ।
धादिङ जिल्ला सिद्धलेक गाउँपालिका बडा नम्बर ४ बाट सहिद परिवार म प्रलाद सिलवाल ।