पाल्पा-जिल्लाको माथागढी गाउँपालिका का अध्यक्ष सन्तोषकुमार थापा र तिनाउँ गाउापालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले आफु चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् । माथागढी गाउँपालिका अध्यक्ष थापाले आफू चढ्दै आएको ग १ झ ३५६ नम्वरको गाडी र तिनाउ गाउँपालिका अध्यक्ष आफु चढ्दै आएको लु १ झ ४२७ नम्बरको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएको बताउनु भयो ।
जिल्लाभर कोरोना संक्रमित बढ्दै गएपनि बिरामीले एम्बुलेन्स नपाउँदा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यसप्रकारको निर्णय गरिएको उहाहरुको भनाइ छ ।
पाल्पामा दैनिक रुपमा संक्रमित हुने नागरिकहरुको सख्यामा वृदि भए सँगै बिरामीहरुलाई अस्पताल सम्म पुग्याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको र एम्बुलेन्सले मात्र नागरिकहरुको अस्पताल सम्म पुग्याउन प्रयाप्त नहुने भएकोले आफुले चढदै आएको गाडी संक्रमित नागरिकहरु लागि प्रयोगमा ल्याएको अध्यक्ष घर्ती मगरको भनाइ रहेको छ । आफुले चढने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरे सँगै बुधबार जना संक्रमितलाइ पाल्पा अस्पताल सम्म ल्याइएको बताउनु भयो । तिनाउ गाउँपालिकाले पछिल्लो समयमा गाउँ गाउँमा ज्वरो तथा रूघाखोकी विरामी बढ्दै गएको तर परिक्षणमा ध्यान नदिदा कोविड १९ को संक्रमण झन बढ्न सक्ने सम्भावना देखिएकोले लक्षण देखिएका सबै बिरामीलाई टोल टोलमा पुगी परिक्षण गर्ने निर्णय गरेको बताउनु भयो । परिक्षणको लागि तत्काल ५ सय वटा पि सि आर तथा २ सय वटा एन्टिजिन कीट खरिद गर्ने,टोल टोलमा माइकिङ्ग एवम पर्चा पम्पलेट मार्फत सचेतना कार्यक्रम सञ्चालन गर्ने,कोविडका बिरामी बोक्न गाउँपालिकामा रहेका एम्बुलेन्स तथा गाउँपालिकाका गाडी प्रयोग गर्ने,अक्सिजन सिलिन्डर तथा अन्य स्वास्थ्य सामाग्री खरिद गर्ने,स्वास्थ्य कर्मीहरूलाई कामको आधारमा जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष घर्ती मगरको भनाइ छ ।
त्यस्तै माथागढी गाउँपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा रहेका छन् । अध्यक्ष चढ्ने एक गाडी र भूपू सैनिकको समेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्ने ब्यवस्था मिलाइएको बताउनु भयो । । यी गाडीहरु २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिएको अध्यक्ष थापा मगरको भनाइ छ ।
पाल्पामा पछिल्लो समयमा कोरोना संक्रमित नागरिकहरुको सख्यामा वृदि भएको छ । संक्रमित नागरिकहरुको सख्या वृदि भए सँगै यस्को कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि चुनौती बनि रहेको छ । यस्तो बिषम परिस्थिती सँग जुध्न जिल्लाका सबै स्थानीय निकायहरु चनाखो बन्नु पर्ने देखिन्छ । त्यसैले अन्य पालिकाका प्रमुखहरुले पनि आफुले प्रयोग गर्दै आएका सवारी साधनहरु प्रयोगमा ल्याउन सके संक्रमित नागरिकहरुलाई अस्पताल सम्म पुग्याउन सहज हुने छ ।