बैशाख ३० , प्युठान
कोरोना भाइरसको नयाँ भेरियन्टले देशभर आक्रान्त पारेको छ । संक्रमितको दर बढिरहेको छ भने अस्पतालमा शैया सँगै अक्सिजनको अभाव हुन थालेको छ ।
अक्सिजनको अभाव भएर कोरोना संक्रमितलाई थप समस्या हुन नदिन प्युठानका समाजसेवी कृयाशिल भएका छन्। सबैले आआफ्नो ठाँउबाट सक्दो सहयोगको याचना गर्दै कोरोना संक्रमितलाई अक्सिजन पुर्याउने विश्वास दिलाउँदै हिँडेका छन् ।
राष्ट्रिय याेजना आयाेगका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता प्रा. डा. गाेविन्दराज पाेख्रेलले प्युठानमा रहेका २४ वटा ठुला अक्सिजन सिलिन्डर एक पटक भर्न अर्थात अक्सिजन रिफिलका लागि लाग्ने सम्पुर्ण खर्च ब्यहाेर्ने घाेषणा गर्नु भएको छ ।
प्यूठानी जनताको जीवन रक्षाको लागि प्यूनपा ४ बिजुवार बजार निवासी समाजसेवी श्रीप्रसाद प्रधान ज्यू बाट अक्सिजन सिलिण्डर भर्नको लागि रू ५० हजार सहयोग घोषणा गर्नु भएको छ।त्यस्तै जिल्ला स्तरिय आईसोलेशन केन्द्र लाई प्यूठान नगरपालिका वडा नं ४ टारीका युवा व्यवसायी प्रदिप सुवेदी वाट अक्सिजन भर्नका लागि रू १० हजार सहयोग दिने घोषणा गर्नु भएको छ।जिल्ला स्तरिय आईसोलेशन केन्द्रमा अक्सिजन रिफिल गर्न नव सिद्धार्थ बचत तथा श्रृण सहकारी संस्था प्यूनपा २ दाखाक्वाडी वाट रू २५ हजार सहयोग गर्ने भएकाे छ ।
शुभश्री अग्नि सिमेन्टले जिल्ला आईसोलेसन केन्द्रको लागि सात थान अक्सिजन सहयोग गरेकाे छ ।
प्युठान उद्योग वाणिज्य संघ ले १० थान र ब्यबसयी मेघराज कक्षपतिले ५ थान गरि १५ थान अक्सिजन सिलिन्डर जिल्ला स्तरिय आइसुलेसन केन्द्र र जिल्ला अस्पताललाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएकाे हाे।
समाजसेवी तथा व्यापारी चन्द्रमान श्रेष्ठ ज्युले ५ थान भरि सिलिन्डर जिल्ला स्तरीय आईसुलेसन सेन्टर बिजुवारमा उपलबध गराउनु भएकाे छ ।
प्यूठान नगरपालिका वडा नं ३ सापडाँडा हाल काठमाडौ निवासी टेक प्रसाद पुलामी तथा दिपका पोख्रेल वाट प्यूठानी जनताको जीवन रक्षाको लागि अक्सिजन ल्याउन रू १० हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त जनाउनु भएकाे छ।
त्यस्तै बैशाख २५ गते निम्न समाजसेवी व्यक्ति ज्युहरुले अक्सिजन सिलिन्डर जिल्ला स्तरीय आईसुलेसन सेन्टर बिजुवारमा उपलब्ध गराउनु भएकाे नेपाली काङ्ग्रेस प्युठानका सचिब तथा नागरिक अभियान्ता देबेन्द्र बर्माले बताउनु भयाे ।
लाेकबहादुर बस्नेत – १२ वटा ,सुर्यचन्द्र सर्भिस सेन्टर – ४ वटा ,जिवराज पाेख्रेल (ललित ग्रिल) २ वटा ,दिनबहादुर जिसी, मरन्ठाना – २ वटा ,गाेपालनाथ याेगी – १ वटा ,अर्जुन विक (आशिका ग्रिल)- २ वटा, ज्ञाबहादुर केसी अर्गेली – ३ वटा ,भाेज बहादुर बस्नेत, खैरा – १ वटा ,कृष्णचन्द्र गिरी – १ वटा धनेश्वर खनाल – १ वटा ,स्वर्गद्वारी एग्राेग्रेट कम्पनी – २ वटा ,यज्ञविर पाण्डेले (नमुना ग्रिल) – १ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउनु भएकाे हाे ।
प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष तथा अक्सिजन व्यवस्थापन समितिका संयोजक केदारमान कक्षपतिको सक्रियतामा अक्सिजन भर्न २८ वटा सिलिण्डरकाे सम्पूर्ण खर्च व्यवस्थापन प्यूठान लाईन्स क्लवको तर्फवाट सहयोग प्राप्त भएको प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले जानकारि दिनुभयाे ।
यसरी महामारीमा नागरिक अभियान्ता जिल्लाका व्यापारीहरुकाे हातेमालाे हुदा जिल्लाबाट निर्बाचित सांसद हरुकाे महामारिमा कुनै सहयाेग नभएकाे जन्ताले महसुस गरेका छन ।