२९ बैशाख ०७८ । कोभिड १९ संकास्पद मृत्यु भनिएका ब्यक्तिको कोरोना रिर्पोट नेगेटिभ रहेको इलाका प्रहरी कार्यलय बरेङ डाडाका प्रमुख प्रहरि निरिक्षक लक्षमण देबकोटाले जानकारी दिनु भएको छ । बरेङ गाँउपालिका वडा न २ का बर्ष ४२ का एक ब्यक्तिको मंगलबार बुटवलको रुपन्देहि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
ति ब्यक्ति दृघ रोगि भएको र उनको निधन कोरोना बाट नभई अन्य कारणले भएको आफन्तको भनाई उदिृत गर्दै देबकोटाले बताउनु भयो ।
मृतकका आफन्तले अस्पतालमा गरिएको पिसिआर परिक्षण रिर्पोट देखाएपछि मृतकको सव नयाँबजार स्थित घाटमा अन्त्येटि गरिएको प्रहरीले जानकारी दिएको छ ।
यता बरेङ गाँउपालिकामा कोरोना संक्रमितहुने को सङख्या दिन दिनै बढिरहेको र कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएका एक ब्यक्तिको संकास्पद मृत्यु भएको भन्दै गाँउपालिकाले बरेङ बजार तथा हुग्दिशिर को बिभिन्न क्षेत्र शिल गरेको छ ।
बुधबार देखि गाँउपालिकाले वडा न २ हुग्दीसीरको साबिक वडा न ३ स्थित बरेङ बजार र सिग्दी वडा न २ हुग्दिीसीरको साबिक वडा न २ को सानोदलेङ ठुलो दलेङ, गेरढुङगा, सिग्धारा,मैदान,सुदाला,घट्ट,लगाएत गाँउपालिकाको कार्यालय वरपरको क्षेत्र समेत अनिश्चित कालका लागी शिल गरिएको पालिकाले बिज्ञप्ती मार्फत जनाएको छ ।
मृतकको रिर्पोट नेगेटिभ आएपनि सम्भाबित जोखिमलाई मध्यनजर गर्दै वडा न २ का बिभ्रिन्न ठाँउहरु ीशल गरिएको स्वास्थय साखा प्रमुख पदम बहादुर पुनले बताउनु भएको छ