कपिलवस्तु , बैशाख २९
कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा वैशाख ३१ गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते सोमबार राति १२ बजेसम्म थप गरिएको छ ।
विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसल खुला हुने । यस निषेधाज्ञा काे समयमा अनुमति नपाएका सवारी साधन चलाउन नपाइने जनाइएको छ ।