पाल्पामा बुधबार थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पि सि आर परिक्षणबाट १ सय १५ जना र एन्टिजिन परिक्षणबाट ४३ जना गरि कुल १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी अ ोम प्रकाश पन्थीले बताउनु भयो ।
पि सि आर परिक्षण गर्दा ५५ जना महिला र ६० जना पुरुषमा संक्रमण पुष्टि भएको र एन्टिजिन परिक्षण गर्दा २१ जना महिला र २२ जना पुरुषमा गरि कुल ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस मध्ये तानसेनका ६५, रिब्दीकोटका २३, माथागढीका ३१, पूर्वखोलाका १७, रैनादेवी छहराका ९, रम्भाका २, बगनासकालीका ९, तिनाउको २ जनामा संक्रमण देखिएको हो । हाल पाल्पामा १३ सय ४९ जना सकृय संक्रमितहरु रहेका छन । ६५ जनाले कोरोना जितेर घर फर्किएका छन ।