कोरोना संक्रमणबाट काभ्रेका निमा लामाको निधन भएको छ ।काभ्रेको भीरपोखरी गाउँपालिका-२ करमडाँडा घर भएका लामाको कोरोना संक्रमणबाट काभ्रेमा नि’धन भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका लामा व्यापारीहरुलाई ध’म्की दिएर रकम असुलेको अभियोगमा पटकपटक पक्राउ पर्दै छुटेका थिए ।
लामा बानेश्वर, कोटेश्वर र काँडाघारी एरियामा समुह बनाइ ब्यापारीलाई धम्कि दिने र पैसा अशुल्ने गर्थे ।उनी ०६२ सालमा ज्यान मा’र्ने उद्योगमा जे’ल परेका थिए ।त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यद्धय मिलन सापकोटाको कोरोनाका कराण नि’धन भएको छ ।
सपाकोटा करिब दुइ साता भन्दा बढी समयदेखि नेपाल भारत मैत्री अस्पतालमा उपचाररत थिए’ सापकोटाको निधन भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले नि’धन भएको खबर सुनेर स्तब्ध भएको छु ।
अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेतालाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’निर्देशक पराजुलीले मृत्यु भएका सापकोटाप्रति श्र’द्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हार्दिक स’मवेदना समेत प्रकट गरेका छन् ।
सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ ।अभिनेत्री श्वेताले ‘रिदम, ब्ल्या’कमेल, प्रोड्यूसर’लगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् ।