पछिल्लो समय प्रकाश सपुत लगायतलाई कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित प्रकाश सपुतले कोरोना बिरुद्धको लडाईमा जित हाँसिल गरेका छन् । उनले कारोनालाई परास्त गर्न सफल भएका छन् । उनले आफु कोरोना मुक्त भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।
उनका भाई देबेन्द्रले पनि कोरोनालाई पराजित गरेका छन्। आमा भने अझै पनि कोरोना संक्रमित नै रहेकी छिन् । बैशाख १६ गते कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएपछि प्रकाश होम आइसोलेसनमा बसेका थिए।
उनले आफ्नो फेसबुकमा यसरी लेखेका छन् ।
“नाता र भावना ले जोडिएका आफन्त ईस्टमित्र एंव कलाकारीता मार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ । भाई देबेन्द्र र म निको भएका छौ । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबै सबै लाई धेरै धेरै धन्यबाद 🙏 कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाढ्न चाहन्छौ ।
तर आमा पनी संक्रमित हुनुहुन्छ । बलियो आत्मविश्वासका साथ जुधिरहनुभएको छ । आमाले पनी कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनी हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पिडादायिक छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौ !
Happy Mother’s Day ! Get well soon mummy !”