नवलपरासी, २९ बैशाख
नवलपरासीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलवार सुनवल नगरपालिका वडा नं.९ र १२ का ७०र ५८ बर्षिय पुरुष गरी १ जना संक्रमितको पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो ।
यसैगरी सुनवल नगरपालिका वडा नं. १० का ५६ बर्षिय पुरुषको होमआईसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
त्यसैगरी पिसिआर परिक्षणबाट ५२ र एन्टिजिनबाट १७ जना गरी ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा ५ जना सुनवल नगरपालिकामा ३८ जना, बर्दघाट नगरपालिकामा १५ जना, पाल्हिनन्दन गाउँपालिकामा २ जना, सरावल गाउँपालिकामा १ जना, सुस्ता गाँउपालिकामा ३ र प्रतापपुर गाउँपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ११ सय ६३ रहेको छ भने १४ सय ६५ जना कोरोना संक्रमित निको भएका छन।