स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका भित्र रहेका सम्पूर्ण इलाका प्रहरी कार्यालय ,प्रहरी चौकी र अस्थाई प्रहरी पोस्टमा माक्स तथा सेनीटाईजर वितरण गरेको छ । ”पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै पत्रकार भन्नु ” भन्ने मूल नाराको साथ् स्वतन्त्र रुपले पत्रकारितामा कलम चलाईरहेका रुपन्देहीमा बसोबास गर्ने पत्रकारहरुद्वारा उक्त सामान वितरण गरिएको छ ।
स्वतन्त्र पत्रकार संघ रुपन्देही जिल्लाका अध्यक्ष चक्रपाणी डुम्रेको अध्यक्षता,राष्ट्रिय पार्सद मिलन पंगेनीको प्रमुख आथित्यता ,एवं जिल्ला उपाध्यक्ष मोहन के सीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला कोषाध्यक्ष सरु वाग्ले ,राष्ट्रिय पार्सद सुधिर ठाकुर लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिदै कार्यक्रम संयोजक तथा जिल्ला उपाध्यक्ष मोहन के सीले ‘पत्रकारहरुको काम लेख्ने पढ्ने र रिपोर्टिंग गर्ने हो ,यद्धपि अहिले विश्व माहमारिको रुपमा फैलिएको कोभिड -१९ को अवस्थामा बजारमा माक्सको अभाव भैरहेको समयमा आफ्नो निष्ठा र कर्तव्यलाई पालना गरेर दिन रात आम नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरीलाई यो सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति मिलन पंगेनीले यस्तो माहामारी रुपमा फैलिएको कोरोना देखी हामी सबै सचेत हुनु पर्छ , काम बिशेस छ भने मात्रै घर बाट निस्किने र अनिवार्य रुपमा माक्स तथा सेनिटाइजरको प्रायो गर्नु पर्ने बताउनु भयो । राष्ट्रिय पार्सद एवम् कार्यक्रमको बिशिस्ट अथिति सुधिर ठाकुरले मानिस सर्वश्रेष्ठ प्राणि हो त्यसैले हामीले यो बुझेर पनि नबुझे जस्तै गरेर मन परि हिड्यौ भने त्यसको नतिजा भनेको तपाइँ हाम्रै परिवारको सदस्य गुमाउनु पर्ने छ या त स्वएम् आफैको मृत्यु समेत हुन सक्छ त्यसैले सबैलाई सुरक्षित भएर घर भित्रै बस्न आग्रह गर्नु भयो ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका ट्राफिक प्रमुख मधु सुधन बन्जाडेले स्वतन्त्र पत्रकार संघ रुपन्देहीले यस्तो कार्य गरेको हुदा खुसि ब्यक्त गर्दै सम्पूर्ण आम नागरिकलाई बिना माक्स बिना काम हिड डुल नगर्न समेत आग्रह गर्नु भयो । सरु वाग्लेको संचालनमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष डुम्रेले यस्तो जटिल अवस्थामा समेत आम नागरिकको सुरक्षार्थ खटिने नेपाल प्रहरीलाई धन्यवाद दिदै , तपाई बाँचे परिवार बाँच्ने छ ,परिवार बाँचे समाज बाँच्ने छ त्यसैले सामान्य रुघा खोकी लागेको खण्डमा समेत सचेत र तुरुन्तै स्वास्थ्य शाखामा जानु पर्ने बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।