काठमाडौं- जात व्यवस्था उन्मुलन मोर्चा नेपाल का केन्द्रीय सदस्य एवं २ नम्बर प्रदेशका संयोजक दीपनारायण दासको पसल सहितको घरमा आगजनी भएको छ । व्यक्तिगत रिसीइवी र राजनैतिक पूर्वाग्रह साधेर आगो लगाइएको र त्यस क्रममा घर ,पसल समेत जलेर लाखौँको क्षति भएको भन्दै जात व्यवस्था उन्मुलन मोर्चा नेपालले प्रेस विज्ञप्ति निकालेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘घटनाका अपराधिहरुलाई तत्काल गिरफ्तार गरि आजिबन कारोवासको सजाय गरियोस् भन्ने ,सरकार समक्ष पीडकलाई कारबाही र पीडितलाई न्यायको माग गर्दछौ । अन्यथा संगठन यस्ता घटनाको विरुद्धमा संघर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौं ।