बैशाख २३ प्युठान
प्युठानका एक युवा समाजसेबि तथा नेपाली काङ्ग्रेसका नेता प्रमाेद पाेख्रेलले काेभिड १९ का कारण विभिन्न गन्तव्यमा हिडेका मजदुरहरुकाे उद्वारमा खटिएका छन।
पाेख्रेलले अाफ्नाे निजि सवारि साधन प्रयाेग गरि स्वयम् चालकाे काम गरि अलपत्र यात्रुहरुलाइ अाफ्नाे निजि सबारि मार्फत जिल्लाका विभिन्न भेगमा बसाेबास गर्ने तर कामकाे शिलशिलामा भारत तथा तराईमा गई जिल्ला फर्केका यात्रुहरुलाई सुरक्षितसाथ गन्तव्यमा पुराएका हुन।
गाडिमा सेनिटाईजर माक्स तथा काेभिड १९ काे नियम अनुसार अाफु पनि सुरक्षित हुँदै अाज
प्युठान बाग्दुलामा भारतकाे पंजाबबाट अाएका सातजना मजदुर गाडिनपाएर अलपत्र परेकालाई पाेखरेलले उद्दार गरि गन्तव्यमा पुराएका छन । झिमरुक गाउपालिका ८ टिम्मुरचाैर घर भएका नारायण गिरि सहितकाे टाेलि भारतमा राेजिराेटिकाे लागि काममा गएकाे थियाे । भारतमा काेराेना महामारि बढेपछि उनिहरु गाउँ फर्किएको गिरिले बताउनु भयाे । एक बर्ष अघि पनि काेराेना महामारिमा अलपत्र मजदुर बिधार्थिलाई खाजा नास्ता सहित क्वारेन्टाइन सम्म पुराएकाे विभिन्न संचारमाध्यमले प्रकासित गरेका थिए।
पाेख्रेलले महामारिमा अाफस पनि बचाै अरुलाई पनि बचाउ भन्दै जिल्ला बाहिरबाट अाएका तथा भारतबाट अाएका मजदुर हरुलाई काेभिड संबधि उचित परामरणश दिदै घरमा संभब भएसम्म छुट्टाछुट्टै खाना, बाँस बेड बिस्तारा,साैचालय १५ दिन सम्म अलक बसि घरपरिपवामा घुलमिल नहुन अाग्रह गरेकाे मजदुर गिरिले बताए।
“याे समय राजनैनिक दाउपेच भन्दा मानव उद्वार गर्नु सबैकाे जिम्मेवारी हाे ” भन्दै पाेख्रेलले यस अघि सामाजिक संजाल फेसबुक मार्फत लकडाउन लामाे हुन सक्छ महामारि बढ्न सक्छ राेग निकै फैलिएकाे छ समयमै घर फर्कन सक्नेलाई सुरक्षित साथ फर्कन र नफर्कनेहरुले अाफुलाई अाबश्यक पर्ने खाधन्न लगाएतका सामाग्रीकाे जाेहाे गरि बस्न अाग्रह गरेका समेत थिए।
पाेख्रेल नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि हुन गएकाे स्थानियतहकाे निर्बाचनमा झिमरुक गाउपालिका अध्यक्ष पद बाट पराजित पाेख्रेल व्यापार ब्यबसाय संगै राजनतिक सेबामा तल्लिन छन।