कपिलवस्तु ,बैशाख २२ (महाराजगन्ज )
काेभिड-१९ काे नयाँ भेरिन्यट फैलिन नदिन तथा यसकाे राेकथाम , नियन्त्रण , उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषदकाे) र गृह मन्त्रालय काे निर्णयलाई कार्यान्वयन गर्न काे लागि कपिलवस्तु जिल्ला मा बैशाख २१ गते देखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा काे अाज दाेस्राे दिन महाराजगन्ज मा प्रहरीले थप कडाइ गरेका छन् ।
ईलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरे ,शस्त्र प्रहरी काे टाेलीले सडकमा अाफै खटी ड्युटी गरेका छन l
महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा काे दाेस्राे दिन झनै कडा बनेको छ ।
दैनिक अति आवश्यक खाद्यान्न, तरकारी, फलफूल पसलहरु लगायत
बिरामी लाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका पैदल यात्री , मोटरसाइकल , गाडीहरुलाई नियंत्रणमा लिएर अावश्यक निर्देशन दिइएको र अर्को पटक भेटिए मा कार्यवाही गरिने ईलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरे ले जानकारी दिनु भयो ।