काठमाडौं, २२ बैशाख :- कोरोना संक्रमण बढेसँगै सरकारले नियन्त्रणका लागि ५२ जिल्लामा निषेधाज्ञा लागु गरेको छ।
गृह मन्त्रालयले बुधबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ५२ पुगेको छ।
यस हिसाबले देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २५ जिल्ला मात्र बाँकी छन्।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १२ जिल्लामा आंशिक, बाँकी ४० जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।
गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।