बुटवल । रुपन्देहीमा कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले रुपन्देहीमा लकडाउन (निषेधाज्ञा)को तयारी गरेको छ । लकडाउन गर्ने तयारी पश्चात् बुटवल छोड्नेको संख्या ह्वात्तै बढेको छ ।
मंगलबार बैशाख १६ गते देखी बैशाख २९ गते सम्म रुपन्देहीमा निषेद्याज्ञा जारी हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जनाएका संगै बुधबार बिहान बुटवल बसपार्कमा गाउँ फर्कने यात्रुको संख्या अत्यधिक देख्न सकिन्थ्यो । दुख पर्दा सबैलाई गाउँ तथा आफ्नो जन्म घर नै प्यारो हुन्छ जहाँ गएपछि सुरक्षित भइन्छ भन्ने उदेश्यका साथ यात्रुहरुको घुइचो थियो ।
यात्रुको संख्या अत्यधिक भएपछि गाडीको खाली सिट नपाउदा धेरै यात्रु अलपत्र परेका छन । कोरोनाको महामारी फैलिसकेको काठमाडौ सहरबाट बाहिरिएका यात्रु बुटवलमा अलपत्र परेका छन । कोभिडको हटस्पट बन्को रुपन्देहीमा दैनिकि ५०० भन्दा बढी कोरोना संक्रमित हुन थालेका छन । जसले गर्दा रुपन्देहीमात्र होइन देशभर विकराल स्थिति आउने आंकलन गरिएको छ ।बैशाख १६ गते देखि हुने भनिएको निषेधाज्ञा आज औपचरिक निर्णय हुने बताइएको छ । निषेधाज्ञालाई बाध्यात्मक तरिकाले लैजाने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताएका छन । उनले गत बर्ष चैत्र ११ गते जुन रुपमा बन्दाबन्दी भएको थियो रुपन्देहीमा पनि त्यस्तै प्रकृतिको बन्दाबन्दी गर्ने दावी गरे । अर्थात रुपन्देहीमा दैनिक उपभोग्यदेखी खाद्यान्नसम्म कुनै पनि पसल खोल्न नपाइने प्रजिअ तामाङ्गले जनाएका छन् ।