आइतबार दिउसो रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कोटिहवामा भएको दु:खद घटनाप्रति दुख ब्यक्त गर्दै शोकमा कोटिहवा बजाए सांझा ५ बजेसम्मका लागि बन्द भएको छ। स्थानिय ब्यापारीहरुको सहभागितामा सो बजार बन्द भएको हो। एकाएक तिब्र गतिमा आएको टिप्परले बसमा दिएको ठक्करबाट ३ गाडीमा क्षति भएको थियो भने स्थानिय कोटिहवा निवासी २ जनाको मृत्यु र ७ जना घाइते भएका थिए।
घट्ना निकै दुखद भएको भन्दै एक स्थानिय ब्यापारी संजय थारुले सो घटनाप्रति दु:ख ब्यक्त गरे। अचानक भएको सो दुर्घटनाले यस क्षेत्रका ब्यापारी सबै मर्माहत भएको र एक दिनको लागि ब्यापार बन्द गरेको उनको भनाइ छ। तिलोत्तमा नगरपालिकाको अति ब्यस्त मानिएको कोटिहवा बजारमा सधै जस्तो आज भिड कम देखिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङका अनुसार घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको र निधनप्रति दु:ख ब्यक्त गरेका छन्। घटनाको छानबिन गरि दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने बताउदै सबै यात्रुबाहकहरुले ट्राफिक नियमको जरुर पालना गर्न समेत आग्रह गर्नुभएको छ। ब्यबसाय बिहानैदेखि बन्द भएको छ भने साँझ ५ बजेपछि खुल्ने एक स्थानिय ब्यापारी सन्दिप भण्डारीले बताए।