दिपेन्द्र परियार ८ बैसाख ०७८। बरेङ ।
बागलुङको बरेङ गाँउपालिकामा बुधबार १ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो चरणको खोप लगाएका छन ।
पहिलो चरणको अभियानमा खोप लगाएका स्वास्थकर्मी, स्वयम सेविका, सरकारी कर्मचारी, वित्तिय संघ संस्थाका कर्मचारी, पत्रकार, सेना तथा सुरक्षाकर्मीहरुले वडा नं। २ को हुग्दिशीर स्वास्थ चौकी बरेङ र वडा नं. ३ को बाटाकाचौर स्वास्थ चौकी नयाँबजार बाट दोस्रो चरणको खोप लगाएका हुन ।
आज बुधबार दोस्रो चरणको खोप लगाउन छुटेकाहरुलाई भोली बिहिबार पनि दुबै केन्द्रबाट खोप लगाईने बरेङ गाँउपालिकाका स्वास्थ संयोजक पदम बहादुर पुनले बताउनु भयो ।