बुटवल , बैशाख ८
सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति रुपन्देहीको प्राबिधिक सहयोगमा १२ औ रुपन्देही जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७/७८ मंगलवार सम्पन्न भयो।
स्वास्थका लागि खेलकुद , रास्ट्रका लागि खेलकुद सबैका लागी खेलकुद भन्ने मुल नाराका साथ बैशाख ६ र ७ गते आयोजित प्रतियोगितामा बिजेता बन्न सफल बुटवल उप -महानगरपालिकालाई सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख दिवाकर भण्डारीले जिल्ला खेलकुद बिकासको परिसरमा बुटवल नगर खेलकुद बिकास समितिका सदस्य सचीव कोपिला ज्ञवालीलाई शिल्ड हस्तान्तरण गर्नु भयको छ ।
उक्त खेलकुद प्रतियोगितामा बुटवल उप – महानगरपालिकाले १० स्वर्ण १२ रजत र १४ कास्य पदक प्राप्त गरेको थियो ।दोस्रो स्थान आउन सफल तिलोत्तमा नगरपालिकाले १० स्वर्ण ९ रजत र ५ कास्य पदक प्राप्त गरेको छ भने तृतीय स्थान आउन सफल कंचन गाउपालिकाले ५ स्वर्ण ५ रजत र ५ कास्य पदक प्राप्त गरेको छ ।
रुपन्देहीका १६ वटा स्थानीय निकाय मध्ये बुटवल उप-महानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धाथनगरपालिका, रोहिणि गाउपालिका सैनामैना नगरपालिका ओमसतिया गाउँपालिका ,सुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका र मर्चावारी गाउँपालिका गरि १० वटा सहभागीभयका थिए।
जस्मा सैनामैनाले ३ स्वर्ण २ रजत र ३ कास्य सिद्धाथनगरपालिकाले ३ स्वर्ण ३ रजत र २ कास्य ओमसतियाले २ स्वर्ण रोहणीले १ स्वर्ण ५ कास्य गैडहवाले २ रजत २ कास्य मर्चवारिले १ रजत पदक!प्राप्त गरेका छन। जस अन्तरगत करातेको नतिजा प्राबिधिक कारणले स्थगित गरिएको छ ।
बुटवल उप-महानगरपालिका अन्तरगत कालिका मानवज्ञान मा बि ले ५ स्वर्ण ६ रजत र ३ कास्य नवीन औद्योगिक कदर बहादुर रिता मा वि ले १ स्वर्ण ३ रजत र ३ कास्य न्यू होराइजनले १ स्वर्ण १ रजत र १ कास्य एभरेस्टले १ स्वर्ण मणिमुकुन्दले १ स्वर्ण सहिद स्मारकले १ स्वर्ण १ कास्य पदक जित्न सफल भएको थिए । बुटवल उप महानगरपालिकाले बुटवल उप महानगरपालिकाको समग्र खेलको योजनाबद्ध बिकास एवं बिस्तार गर्न नेपालमै पहिलोपटक नगर खेलकुद बिकास समिती सन्चालन कार्यबिधी २०७५ अनुसार विभिन्न क्षेत्रका बिज्ञहरुलाइ समेटेर नगर खेलकुद बिकास समिती गठन गरि बिद्यालयमा कार्यारत खेलकुद शिक्षक तथा प्रशिक्षकलाई तालिम सन्चालन युवायुवती वयस्क र बृद्धलाई लक्षित गरि खुला ब्यायामशाला बुटवलका ४ स्थानया जडान गरिसकेको छ । बाकिमा बिस्तार गर्दै जाने क्रममा रहेको छ भने वडा न १ देखि १९ सम्म इन्डोर तथा आउटडोर खेल पुर्वाधारको बिकासमा ३९ वटा स्थानहरुको समभाब्यता अध्यायान गरि कार्यान्वयनमा रहेको छ ।
रुपन्देही जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख संगम सिंह थापाको अध्यक्षतामा नवीन औद्योगिक कदर बहादुर रिता मा वि का खेल प्रशिक्षक नवराज खरेलको सन्चालनमा सम्पन्न कार्यक्रममा बुटवल नगर खेलकुद बिकास समितिका सदस्यहरु प्रेम बहादुर बस्नेत अर्जुन घिमिरे उमेश थापा लनटेनिसका गोपाल ज्ञवाली पत्रकार टि आर शर्मा खेलप्रेमी श्रीप्रसाद थापा लगायतको सहभागीता रहेको थियो।