पाल्पा।।जिल्लाकाे तानसेन नगरपालिका वडा न १० तेल्घाका महिलाहरूलाई स्वराेजार बनाउने उधेश्यका साथ एक हप्ते झाेला बनाउने तालिम सम्पन्न भएको छ ।
तालिम कुण्डली सिकाई केन्द्रकाे अायाेजनामा सम्पन्न भएको हाे ।
समापन कार्यक्रमकाे प्रमुख अतिथि तानसेन नगरपालिकाकि उपमेयर लक्ष्मी पाठकले तालिममा सिकेका कुरालाई व्याहारमुखी बनाई उत्पादनमुलक कार्यमा जाेडिन अार्गह गर्नु भयाे । तालिम सिकेर मात्र अाैचित्य नहुने बताउदै तालिम सिकेका कुराहरूलाई व्यवहारिक जीवनमा लागू गरि उधमशिल बन्न अार्गह गर्नु भयाे । साथै तानसेन नगरपालिकाले पनि महिलाहरूलाई स्वराेजगार बनाउनकाे लागि बजेट बिनियाेजन गरि विभिन्न स्वराेजारमुलक कार्यक्रम सञ्चालन गरिएको बताउनु भयाे ।
कार्यक्रमका विशिष्ट अतिथि तानसेन वडा न १० का वडा अध्यक्ष लाेचन प्रसाद तिमिल्सिनाले तालिम सहभागी महिलाहरूलाई जुन कुण्डली सिकाइ केन्द्र एक हप्ते तालिम प्रदान गरेकाे छ । यस्ले बेरोजगार महिलाहरूलाई उधमशिल बनाउन महाेत्वपुर्ण भुमिका खेलेकाे बताउनु भयाे । साथै महिलाहरूलाई झाेलाहरू बनाउन अार्गह गर्दै ती झाेलाहरू विक्री वितरण गर्न पनि समस्या नहुने बताउनु भयाे । बिशेष गरि तानसेन बजार,प्रभास बजार वडाबाट नजिकै रहेको बजारिकरणकाे समस्या नहुने भएकोले धेरै भन्दा धेरै फाइदा लिन अार्गह गर्नु भयाे । साथै उहाले स्थानीय सरकार तानसेन १० तेल्घाले सडक पुर्वधारकाे विकास,घरघरमा खानेपानी पुग्याउने,कृषकहरूलाई कृषि उपकरण वितरण, कुरिलाे,किम्बु लगाएत उन्नत जातका बीउ बिजन वितरण,बाख्रा वितरण,तानसेन १० तेल्घामा पर्ने गुफा चाैरकाे स्तर उन्नत ,शैक्षिक गुणस्तरमा वृद्धि,स्वास्थ्यका क्षेत्र लगाएतमा काम गरेको बताउनु भयाे ।
कार्यक्रममा तानसेन नगरपालिकाका रेशम लाल न्याैपाने ,सिकाई केन्द्रका कृष्ण बहादुर राना लगाएतकाे उपस्थिति रहेको थियाे । तालिममा १६ जना महिलाहरूकाे उपस्थिति रहेको थियाे ।