नवलपरासी / ३१ चैत ।
पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मा मा लागु पदार्थ नियुनिकरण सम्बन्धि मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ।
लालिगुरास किशोर किशोरी सञ्जालकाे आयाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा लागु पदार्थ नियुनिकरण सम्बन्धि मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।
सञ्जालका अध्यक्ष बिशाल कुमार गाैतमकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पवित्रा काेहारकाे प्रमुख अतिथतता र ए.वि.सि नेपालका क्षेत्रीय प्रमुख मनाेज लामिछानेको बिशिस्ट अतिथतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि काेहारले लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुले गर्दा सिङ्गो समुदायमा नकारात्मक असर परिरहेको छ साथै लागू ओैसत सेवन गरि आफ्नाे जीवन समेत खराब बनाईरहेका छन । समुदायमा भएका कतिपय अभिभावकहरुले समेत लागू अाैसत सेवन गरेकाले त्याे देखासिखिमा छाेरा छाेरिहरुले पनि सेवन गरेको अवस्थ छ । लागू अाैसत सेवन गर्नकाे लागि पैसा नभएको खण्डमा घर जग्गा तथा श्रीमतीकाे अन्य गरगहना बचेर पनि सेवन गर्ने गरेका छन ।जसका कारण किशोर किशोरी ,बालबालिका र तिनका भावि पुस्तामा ठुलाे असर पर्ने बताउनुभयो । र लागू पदार्थ सेवन गर्न समस्या नियुनिकरण गर्नका लागि हामिले आफ्नै घर परिवार तथा छरछिमेक बाट लाग्नु पर्ने बताउदै आफु सधैं सहयोग गर्ने बताउनुभएको थियो ।
साे अवसरमा बाेल्दै विशिष्ट अतिथि लामिछानेले ग्रामिण भेगमा लागुपदार्थ सेवन गर्नेहरुकाे संख्या बढ्दै गएको छ । नेपाल र भारतकाे खुला सिमा नाकाले गर्दा लागू ओेैसत सजिलै सँग ओसार पाेसार गर्ने भएकोले पनि किशोर किशोरी तथा युवा युवतिहरुले सेवन गर्ने गरेको पाईन्छ । कतिपयले परिवारिक कलह र मानसिक तनाव र बिदयालय छाेडेर साथिहरुकाे गलत सँगतले पनि लागू पदार्थ सेवन गरिरहेका छन् । र बढ्दाे लागू पदार्थ सेवन गर्ने समस्या लाई नियुनिकरण गर्नकाे लागि र समुदाय टाेलमा भएका बालबालिका ,किशोर किशोरी तथा तिनका अभिभावकहरुमा जनचेतना जगाउन आवश्क भएको बताए । र आयाेजक सञ्जाल प्रति अभार प्रकट गर्दै धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा बाेल्दै अध्यक्ष गाैतमले लागू पदार्थ नियुनिकरण गर्नकाे लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकाे बताए । र लागू पदार्थ सेवन गर्न तथा बिक्रीवितरण गर्ने ब्यक्तिहरुलाई कार्वाही गर्नु पर्ने बताउदै स्थानीय स्तरमा भएको दारु भढ्ढि र मदिरा पसलहरु बन्द गर्नु र बिक्रीवितरण मा राेक लगाउन आवश्क भएको बताउनुभएको थियोे ।
कार्यक्रममा अतिथिहरुमा वडा नम्बर ३ का वडा अध्यक्ष गाेधन प्रसाद हरिजन ,पत्रकार महेश यादव, एबिसि नेपालका कार्यक्रम अधिकृत क्रिति थापा , सुपरवाईजर बिष्णु परियार , संजित शर्मा , राजमन बरई , राजेश आर्या र भाेलेन्टियर मनिता ढकाल लगायतकाे सहभागीता रहेको थियो ।