फर्साटिकर रुपन्देही
चैत्र २८,
कृषि विकास बैंक फर्साटिकर शाखाले शुद्धोधन गाउँपालिका वडा न.३ मा रहेको लोक सागर सामाजिक उद्दमी सहकारी सस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ।
हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास बैंकका प्रदेश कार्यालय भैरहवाका निर्देशक जगदिश्वर पन्थीले बैंकको सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा काम गरेको उल्लेख गर्दै सहकारीलाई सोही अनुरुप सहयोग गरेको बताउनुभयो ।उहाले बैंकद्वारा हस्तान्तरण गरिएको कम्प्युटरबाट सहकारीको कार्यसम्पादनमा छिटो छरितो र सरलता आउने बताउनुभयो ।
प्रदेश कार्यालय भैरहवाका ऋण अधिकृत नवराज गौतमले कृषि विकास बैंक कृषि क्षेत्रलाई नछाड्ने र अन्य क्षेत्रलाई जोड्ने बैंकको रुपमा स्थापित भएको बताउनुभयो ।उहाँले बैंकसङ्ग जोडिएर ब्यावसायिक कामहरूअभिवृद्धि गर्न उपस्थित सबैलाई आग्रह गर्नुभयो।
यस्तै बैंकका फर्साटिकर शाखा प्रवन्धक यमप्रसाद आचार्यले कृषि विकास बैंक फर्साटिकर शाखाले शुद्धोधन गाउँपालिकामा विभिन्न विद्यालय,सहकारी लगायत अन्य सामाजिक सस्थामा सहयोग गरेको बताउनुभयो ।उहाले सहकारीलाई १ थान कम्प्युटर प्रदान गरेर सहयोग आदानप्रदान गर्ने क्रम सुरुवात भएको बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लोक सागर सामाजिक उद्दमी सहकारी सस्थाका गोबिन्द भण्डारीले कम्प्युटर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै कम्प्युटरबाट सहकारीको अब हरेक हिसाब किताब हुने बताउनुभएको थियोे । सहकारी सस्थाका उपाध्यक्षले दुर्गा थापाले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रम कृषि विकास बैंक फर्साटिकर शाखा प्रबन्धक यमप्रसाद आचार्यको अध्यक्षता,बैंकका प्रदेश कार्यालय भैरहवाका निर्देशक जगदिश्वर पन्थीको प्रमुख आतिथ्यता ,प्रदेश कार्यालय भैरहवाका ऋण अधिकृत नवराज गौतमको विशिष्ट आतिथ्य तथा नवराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।