भुजौली रुपन्देही,
रुपन्देहीको शुध्दाेधन गाउपालिकामा वृहत् पोषण बिशेष कार्यक्रम सम्बन्धि स्वास्थ्य कर्मिहरुका लागि आधारभुत क्षमता अभिवृद्धि तालिम कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
७ दिन चलेको तालिममा।पहिलो चरणको कार्यक्रम अन्तर्गत १४ जना स्वास्थ्य कर्मिहरुको सहभागीता रहेको कार्यक्रममा जनस्वास्थ्य निरीक्षक रमेश चौधरी, नर्स सीता पन्थिले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै शुध्दाेधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले तालिम सिकेका कुराहरू ब्यवहारमा उतार्नुपर्नेमा जाेड दिदै।आफुले तालिममा पाएको जानकारी सर्वसाधारण समक्ष सुचना प्रवाह हुनुहुपर्ने बताउदै सर्वसाधारणको बिचमा पोषण आहार यसै गापा भित्र रहेको र कोबिड 19 काेराेना भाइरस ले पुष्टि पारेको बताउनुभयो ।
प्रमुख प्रसासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीले तालिममा सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै।यस गाउँ पालिकाले स्वास्थ्यकर्मीकाे हितमा रहि सदेव कार्य गर्ने बताउदै गापा भित्र का सर्वसाधारण घरघरमा गई स्वास्थ्य सम्बन्धि सचेतना फैलाउन स्वास्थ्यकर्मी हरु अपेक्षा राख्नुभयाे
भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको सञ्चालनमा सप्पन्न भएको थियाे।