नवलपरासी / चैत २१
आज पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ रामपुर खडाैना मा अल हुदा संस्था ( मानव सेवा संस्था ) काे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
अल हुदा संस्था का अध्यक्ष अतारु रहेमान काे अध्यक्षता तथा सरावल गाउँपालिका का अध्यक्ष राधेश्याम चाैधरी काे प्रमुख आतिथ्यता एवम् सरावल गाउँपालिका का उपाध्यक्ष उत्तमा राय , प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल , जिल्ला समन्वय समिति का उप प्रमुख अब्दुल रहमान चुरिहार काे विशिष्ट आतिथ्यता मा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सरावल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कैलाश यादव , पुर्व गा वि स अध्यक्ष हैदर अलि माेमिन र सुभान अलि अन्सारी , मदरसा नुरुल उलुम अध्यक्ष माैलाना माेहम्द उस्मान , खालिद अलि र डब्लु यादव लगाएतकाे उपस्थिति रहेकाे थियाे ।