२० चैत्र गुल्मी । गुल्मीमा भएको आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङगलमा लागेको आगोमा परि ९ बर्षिया बालिका संगिता परियारको मृत्यु भएको हो ।
घर नजिकैको खोलामा नुहाई घर फर्कने क्रममा जंगलमा लागेको आगोलागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारि दिएको छ ।
लामो समयको खडेरी तथा गर्मी मौसमको सुरुवात संगै अधिकांस जंगलहरुमा आगलागी भइरहेको छ । जसमा परि दिनहुँ कैयौं पशुपंछी र कतिपय स्थानमा मानिसले समेत ज्यान गुमाइरहदा समेत संम्बन्धित पक्ष तथा स्थानीय निकायहरुले अपेक्षित ध्यान दिन नसकेको बुझ्न सकिन्छ ।