शुध्दाेधन गाउँ पालिका ७ खुनगाँवा रुपन्देही स्थित सूर्योदय किशोरी समुहको वार्षिक उत्सव कार्यक्रम शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।गतिशीलता लाई बढाअौ,किशोरीलाई जागरुक बनाअौकाे मुल नारा का साथ साे कार्यक्रम भएको थियो।सूर्योदय किशोरी समुहको आयोजनामा र दलित सामाजिक विकास केन्द्र कपिलवस्तु काे सहयोग शुध्दाेधन ७ वडा कार्यालयकाे समन्वय मा भएको कार्यक्रममा सूर्योदय किशोरी समुहका सदस्य
सविता बरहीकाे अध्यक्ष्ातामा शुध्दाेधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख्यातामा भएको कार्यक्रममा प्रमुख अतिथि शान्तादेवी ज्ञवालीले पानसमा दिप प्रजोलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो।साे अवसरमा प्रमुख अतिथिले बोल्दै विगतका दिन भन्दा अहिले समाज धेरै ससक्तकरण भएको मा किशोरी समुहहरु लाई धन्यवाद दिदै शुध्दाेधन गाउँ पालिकाले हरेक वर्ष बजेट छुट्टउदै आएता पनि अगामी दिन हरुमा थप बजेट बढाउने र किशोरकिशोरी हरु काे हितमा लागि पर्ने प्रतिबद्धता गर्नुभयो।
शुध्दाेधन ७ का वडा अध्यक्ष शिवपुजन बानियाँले
किशोरी हरु पराइ धन भन्ने हरु कुसंस्कारबाट उद्द्त भएको ब्याक्तीहरु भएको बताउदै ।
किशीरहरुले अधिकार मात्र खोज्न नहुने भन्दै किशोरहरुपनी अन्य जस्तै क्षमतावान हुनुपर्नेमा जोड दिनुभयो।
किशोरी समुहलाइ सृजनाशील काम गरेकोधन्यवाद दिनुभयो।उहाले आफ्नो वडा कार्यालय बाट भरपुरसहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै।किशोरकिशोरी ससक्तीकरण का लागि आफ्नो तलबबाट एक महिनाको तलब दिने घोषणा गर्नुभयो।यश वडा लाई बालविवाह मुक्त बनाउन का लागि सबै स्थानीयलाई आग्रह गर्नुभयो।
दलित सामाजिक विकास केन्द्र कपिलवस्तु कार्य समितिका सदस्य गिता हरिजन
स्वास्थ्य शाखा शुध्दाेधनका प्रमुख समीर भण्डारी संस्कार इङलिस स्कुलका प्रिन्सिपल लोक शर्मा बस्याल लगायतले शुभकामना मन्तब्य दिएका थियो।उक्त सूर्योदय किशोरी समुहले विभिन्न सचेतना मुलुक कार्यक्रम गरेका थिए।जस्तै
सुरक्षित गर्भपतन र यौनाङ्ग सम्बन्धि खुल्ला छलफल एवम् किशोरकिशोरी बिच भलिबल प्रतियोगिता गतिशीलता काे लागि खुल्ला छलफल र र्याली कार्यक्रम उर्लदाे सय करोड अभियानको अवसरमा किशोरकिशोर बिच खान बनाउने कार्यक्रम लगायत विभिन्न सचेतना मुलक कार्यक्रमकाे समापन पनि भएको कार्यक्रम सञ्चालिका सालिनी मिश्रले बताइन्।उक्त कार्यक्रम चेतनामूलक नाटक नृत्य प्रदर्शन गरेका थिए।शुध्दाेधन स्वास्थ्य शाखाले १२ वर्ष माथिका र पैंतालीस वर्ष मुनिका महिला हरु लाई सेनटरी प्याट वितरण गरिएको थियो।
समुहकी सदस्य सिमा यादवले समुहले विभिन्न कार्यक्रम गरिएको कार्यक्रम हरु काे बारेमा प्रकाश पारिन्।
किशोरी हरु लाई ससक्ती करणका लागि विभिन्न कार्यक्रम गरिएको
सूर्योदय किशोर समुहका सदस्य शिवकुमार लाेधकाे स्वागतमा र समुहकी अध्यक्ष सालिनि मिश्रकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।