हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको थियो।
सामाजिक सन्जाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउका थिए । जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बिषय मा ठूलो चासो देखाउदै आएका थिए । फलस्वरूप उनले उक्त ठूलो घोषणा गरेका थिए ।
उनले फेसबुक पोस्ट मा भनेका थिए “अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।”
उनले थप लेखेका छन् “नेपालि क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।”
सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं ।
र अन्तमा उनले सम्पूर्ण नेपालि लाई सोधेका पनि छन नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?
जिम्बाबेमा सम्पन्न बिश्वकप छनोट प्रतियोगिताबाट नेपाल ले पहिलो पटक एतिहासिक उपलब्धि एकदिवसिय मान्यता पाए सगै नेपाल मा घरेलु संरर्चना एकदमै कम जोर एकदिवसीय मान्यता पाउँदा सम्म पनि एउटा राम्रो प्रतियोगिता आयोजना गर्न रंगशाला नभएको , बन्दै गरेका निर्माणधिन रंगशाला को काम पनि धेरै नै सुस्त कहिले कहिले बन्ने टुङ्गगो अझै सम्म थिएन यस बिच मा यहि कारणले अहिले नेपालमा सामाजिक अभियान्ताको रुपमा उदाएका धुर्मुस-सुन्तलीलाई जनस्तरबाट पनि धुर्मुस सुन्तलीले अगाडि आएर एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनु पर्छ भन्ने दबाब तथा सुझाव ले गर्दा पनि धुर्मुस सुन्तलि फाउन्डेसन अगि सरेको थियो ।
यस अगि धुर्मुस सुन्तली फाउन्डेसन ले भुकम्प पछि काभ्रे को डाडाँ गाउँ मा एकीकृत नमुना पहरी बस्ती , यस्तै सिन्धुपाल्चोक को गिरान्चौर मा एकीकृत नमुना बस्ती र तराई मधेस को महोत्तरी को बर्दिवास-१ मा एकीकृत नमुना मुसहर बस्ति यस्तै सन्तिपुर बस्ती निर्माण गरिसकेका थिए । यसरि नै उनि हरु सामाजिक कार्य मा लागिपरिरहेका छन् ||
२० बिगाहा ८ कट्ठा जग्गामा निर्माण सूरु गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अरब अनुमान गरिएको थियो। गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गर्न खोजिरहदा सरकारबाट आफुहरुलाइ खासै सहयोग नभएको बताउछन् धुर्मुस् ।यत्रो देशकै पहिचान बढाउने उक्त प्रोजेक्टलाई नजरअन्दाज गर्नु निश्चय पनि निन्दनिय छ ।
यश प्रोजेक्टमा अझै पनि कोहि जोडिन चाहिरहदा आफुहरु सधै स्वच्छ वातावरण अनुरुप स्वागत गर्नेमा समेत धुर्मुसले जोड दिए ।
निर्माणाधीन रंगशालामा दुई बर्ष बितिरहदा पनि मात्रै २०% मात्रै निर्माण भएको उनले बताए ।भौतिक संम्रचनाको काम भने लगभक ३०% सकिएको समेत बताए ।३० हजार दर्शकको क्षमता भएको उक्त रंगशाला निर्माणाधीन अवस्थामा नै छ ।
यो अभियान धुर्मुश सुन्तलिको मात्रै अभियान नभएको र आफुहरु त मात्रै संयोजकत्व गरेको र सो परियोजना सबै नेपालिको भएको धुर्मुस् बताउछन् ।
प्याराफिटमा राखिएका कुर्सिहरु आफ्नो नाममा गर्न सकिने र सो संकलित रकम रंगशाला निर्माणमै लाग्नेमा समेत धुर्मुशले ध्यानाकर्षण गर्न खोजे ।त्यतिमात्रै हैन सहयोगि दाताहरुको नामावलि रैगशालामा भएको विभिन्न कक्षमा समेत राखिनेछ ।
अहिले धुर्मुश सुन्तलि त्यशैगरि पाडे रंगशालालाई ऋण लागेपछि मेचि महाकाली अभियानको थालनि गर्न लागेका हुन् ।यो अभियान अनुरुप उनिहरु जिल्लाजिल्ला गाउगाउमा गएर पैसा संकलन गर्र उक्त पैसा रंगशालाको निर्माणमा लगाउन प्रतिबद्ध छन् ।सलाम छ यस्तो कामको लागि ।अनि मेचि महाकाली अभियान अन्तर्गत कन्चनपुरबाट कैलालिमा उत्रीएर मुस्लिम समुदायसग रङ्ग दलि टोपी साटासाट गरि होलि मनाए ।