भुजौली रुपन्देही।
शुध्दाेधन गाउँ पालिका वडा नः५र २काे सिमाना शान्ति नगर मा सिध्दकालिका माताकाे मन्दिर र सात धुर जग्गा सहिद स्थपित २०७३ मा बनेको र निर्माणमा पाँच लाख खर्च भएको मन्दिर स्थानीयहरु लाई हस्तान्तरण स्थानीय जग्गा दाता लेखनाथ ढकाल श्रीमती देवी ढकाल छाेरा सुर्य ढकाल बुहारी आक्रिती ढकाल काे परिवारका घर सरसल्लाह र सबैको राजीखुशीमा हिन्दु धर्म र संस्कृत जोगाउन र भगवान पर्तीक आस्था राखी यो कार्य गरिएको दानदाताका श्रीमती देवी ढकालले बताउनुभयो।उक्त लेखनाथ ढकालका दाजु अम्बिका ढकालले आफ्नो भाइ बुहारी र छोरा बुहारीले दिएको यति ठुलो योगदान गरेकोमा धेरै धेरै धन्यवाद दिदै सामाजिक रुपमा कार्य गर्दै जादा अगाडि अप्ठ्यारोमा सक्दो सहयोग स्थानीय ढकाल परिवार र आफुले पनि मन्दिरको हितको लागि पर्ने र सहयोगमा कुनै कमीकमजोरी न हुने बताउनुभयो।मन्दिर र जग्गा दान गरेकोमा स्थानीयमा खुसियाली आएको छ।केदली कोटहिया बन्दै गएको बुद्ध सर्किट जोड्ने बाटोमा रहेको शुध्दाेधन गाउँ पालिका वडा नः५र२ काे सिमाना शान्तीनगर स्थित शिव मन्दिर धरापमा परेको हुनाले आवश्यक परेकामा स्थानीयले त्यही मन्दिर सिध्दकालिका माताकाे प्राङ्गणमा सातादेखि आठ धुर जग्गा किन्ने र आवश्यक अनुसार शिव मन्दिर र समुदाय भवन बनाउने उदेश्य रहेको स्थानीय वडा नः२का वडा सदस्य उमाकान्त चापागाईंले बताएका छन ।