लामो समयपछि वीरगञ्जमा एकै दिन १० जनामा कारोना भाइरसको संक्रमण भेटिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ५० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका कोरोना फोकल पर्सन डा. सरोज रोशन दासका अनुसार पर्साका ३, बाराका ६ र झापाका १ जना गरी १० जनामा संक्रमण भेटिएको हो ।
‘३-४ महिनादेखि दिनहुँ फाट्ट फुट्ट रुपमा २ वा ३ जनामा मात्र संक्रमण भेटिने गरेको थियो,’ उनले भने, ‘यसले फेरि संक्रमण बढ्न थालेको संकेत भन्न सकिने अवस्था छ ।’
आइतबार पुष्टि भएका हरु होम आइशोलेसनमा बसेको उनले जानकारी दिए । ‘सबैमा सामान्य ज्वरो र खोकीको लक्षण मात्र छ । गम्भीर अवस्थाको कोही पनि छैनन् । त्यसैले होम आइशोलेसनमा बस्न सुझाएका छौँ’ उनले भने ।