बजार उतारचढावपूर्ण स्थितिबाट गुज्रिदा त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असर प्रायजसो सबै कम्पनीको शेयर मूल्य तथा त्यसको कारोबारमा पर्ने गर्छ । यसको ज्वलन्त उदाहरण माघ अन्तिमदेखि फागुन महिनाभरको बजारको निरन्तर गिराबाट शेयर मूल्य घटेका कम्पनीलाई नै हेर्न सकिन्छ ।
तर, यसको ठीक उल्टो चन्द्रगिरि हिल्समा देखियो । चन्द्रगिरि हिल्सको शेयर मूल्यमा घटेको बजारमा कुनै असर परेन । कम्पनीको शेयर मूल्य दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेबलमा बढिरहेको छ । अझ भनौं सर्वाधिक चर्चामा रहेको निफ्राको शेयर मूल्य उच्च विन्दुमा पुगेर पुन: ओरालो लाग्यो भने यसको ठीक उल्टो चन्द्रगिरिको शेयरमा देखियो ।