शुद्धोधन, चैत ६ नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल शुद्धोधन ७ वार्ड समिति समायोजन शुद्धोधन ७ जनता आधारभुत बिद्यालयको प्राङ्गणमा रामकिशुन यादबको नेतृत्वमा ४१ सदस्यीय समिति चयन गर्दै सम्पन्न भएको छ। तरुण दल शुद्धोधन सभापती आशिष् केसिको अध्यक्षता, नेपाली काङ्ग्रेसका महासमिति सदस्य भगवती प्रसाद थारुको प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला सदस्यद्धय रमेश खनाल र पल्टन चौधरीको बिशिस्ट आतीथ्यता मा सम्पन्न भेलाले गंगाराम यादब र परशुराम थारुलाई उपाध्यक्ष , शालीनी मिश्रा र देवानन्द यादबलाई सचिव , कृष्ण कुमारी थारु र नरेश चौधरीलाई सह-सचीबमा ,साथै अमरनाथ यादवलाई कोषाध्यक्षमा चुनेको छ। यसअघि तरुणदलले शुद्धोधन १ मा अरुण कुमार कौशल , २ मा विपिन टण्डन ,३ मा सागर खनाल ४ मा सुभाष तिवारी , ५ मा सुरेन्द्र प्रसाद चौधरी र ६ मा शेरबहादुर थापाको नेतृत्वमा वार्ड समिति गठन गरीसकेको छ। तरुणदल शुद्धोधन ७ का संयोजक भगवती नाउको स्वागत मन्तव्य रहेको कार्यक्रम नेपाली काङ्ग्रेस शुद्धोधन सचिव धनराज कडेलको सञ्चालनमा सम्पन्न भएको थीयो।